Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सवैको ध्यान चितवन: प्रचण्डको जनसम्पर्क कार्यालय स्थापना

\"\"काठमाडाै । पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क कार्यालय स्थापना गरेका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको आइतबार आफैले उद्घाटन गरेका छन् । निर्वाचन जितेसंगै आफू नियमित जसो चितवन आएको स्मरण गराउँदै सधै यस्तो अवस्था नमिल्ने भएकाले सम्पर्क कार्यालयले चितवनसंग आफुलाई जोड्न पुलको काम गर्ने बताए । ‘निर्वाचन अघि पनि सम्पर्क कार्यालय रहेको तर ती चुनावी अभियानका लागि मात्र भएको बताउँदै प्रचण्डले भने,‘यस सम्पर्क कार्यालयमा मेरो क्षेत्र वा सिंगो चितवनवासीले सम्पर्क कार्यालयमा सम्पर्क गरी गुनासो राख्न आग्रह गरे । प्रचण्ड नभए पनि जनताहरुलाई प्रचण्ड भएको महसुश गराउन जनसम्पर्क कार्यालय खोलिएको उनले बताए । प्रचण्डले भने,‘चुनाव लड्दा मलाई टुरिष्ट उम्मेदवारको आरोप लाग्यो, अहिले त सँधै देखेरे नै दिक्क मान्नु भएको होला ।’ जनताका हरेक गुनासामा हातेमालो गर्दै अगाडी बढ्न कार्यालयको भुमिका महत्वपुर्ण रहने प्रचण्डको विश्वास छ । राष्ट्रिय भुमिकाका कारण सधै चितवनमा बस्न नपाए पनि प्रतिनिधिहरु मार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता व्यक्त गरे । अहिले आफू धेरै चितवनमा आए भनी केन्द्रमा गुनासो बढेको समेत प्रचण्डले बताए । सो क्रममा बोल्दै प्रचण्डले चितवनको विकासलाई समग्र देश र विश्वले नै हेरिरहेको भन्दै अवसरलाई जनसम्पर्क कार्यालय मार्फत सदुपयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।उनले शुसासन र विकास निर्माण जनताले चाहेको भन्दै यस कार्यमा लाग्न एकीकृत हुन लागेका दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । सवैको ध्यान चितवनमा प्रचण्डले आफूले जितेको निर्वाचन क्षेत्र र जिल्लामा सुशासन, जनताको दैनिक समस्या समाधान, साना देखि ठूला विकास निर्माणका कामहरु कसरी हुन्छ भन्ने कुरा सिंगो राष्ट्रले हेरेको हुने भन्दै यसतर्फ सचेत र सजग रहन नेताकार्यकर्तालाई आग्रह गरे । अवको बाटो भनेको सम्वृद्धिको भएकाले सवैको चाहना अनुसार अघि वढ्न आफू प्रतिवद्ध रहेको प्रचण्डको भनाइ छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: