फाल्गुन १४ गते, २०७४ सोमवार 26th February, 2018 Mon०७:२५:३४ मा प्रकाशित
काठमाडाै । क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराधका घटना भएका छन् ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो ।
२. कन्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४२ वर्षीय बिरु डगौरा र उनकी पत्नी ४० वर्षीया लाहुबीचको विवाद कुटपिटमा बदलियो । बिरुले पत्नीको टाउको समातेर घरको भित्तामा बजारे । टाउकाबाट रगत बग्दासमेत बिरुको रिस थामिएन । उनले लछार्दै फेरि भित्तामा ठोके । लाहुको घटनास्थलमै मृत्यु भयो ।
३. सुनसरीको धरान उपमहानगरपालिका–५ फोक्लिङ टापुका ५४ वर्षीय कुमार राई मानसिक रोगी थिए । उनले बाटामा हिँड्दै गरेकी ३६ वर्षीया मीरा विकलाई ढुंगाले हाने । घटना नियालिरहेका मीराका श्रीमान शंकर विक आवेगमा आए । उनले कुमारलाई समातेर कुटपिट गरे । उनीसँगै थिए २२ वर्षीय शम्भु भुजेल ।
कुटपिटमा भुजेल पनि मिसिए । दुई भाइको कुटाइले अचेत बनेका राईलाई उपचारका लागि धरानस्थित घोपा अस्पताल लगियो । उपचारकै क्रममा उनको मृत्यु भयो । यी प्रतिनिधि घटना क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा भएका हुन् । देशमा साँढे तीन वर्षमा दुई हजार १६४ ले यस्तै आवेगका कारण अनाहकमा ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीको यस तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ । प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए । उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ । यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन् ।’
यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२/७३ मा देशभर ६ सय २७ को हत्या भएको थियो । त्यसपछि ०७३/७४ मा धेरै ६ सय १६ को हत्या भयो । आर्थिक वर्ष ०७१–७२ मा भने ६ सय आठजनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा तीन सय १३ जनाको हत्या भएको छ ।
‘संख्या हेर्दा हत्या धेरै नै भएको देखिन्छ । तर, तीन करोड जनसंख्या भएको देशमा यी घटना सामान्य हुन् ।’ नेउपानेले भने, ‘यी घटनामा कमजोर सुरक्षाका कारण नभई सामाजिक, आर्थिक, राजनीतिकजस्ता कारण छन् ।’
कहिले कति हत्या ?
०७१/७२ : ६०८
०७२/७३ : ६२७
०७३/७४ : ६१६
पछिल्लो ६ महिना : ३१३
जम्मा हत्या २,१६४
कहाँ कति हत्या ?
सबैभन्दा धेरै हत्या तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रमा सात सय ८८ जनाको भएको छ । तीन सय १५ हत्या काठमाडौं उपत्यकामा मात्रै भएका छन् । पश्चिमाञ्चलमा तीन सय आठ, मध्यपश्चिमाञ्चलमा दुई सय ८१, पूर्वाञ्चलमा दुई सय ५२ र सुदूर पश्चिमाञ्चलमा एक सय ९१ जनाको हत्या भएको छ ।
२९५ बालबालिकाको हत्या
प्रहरीको तथ्यांकअनुसार हत्या हुनेमा पुरुषको संख्या धेरै छ । ४२ महिनामा एक हजार एक सय १९ पुरुषको हत्या भएको छ । यो कुल हत्याको ५१ प्रतिशत हो । यही अवधिमा सात सय ५० महिलाको हत्या भएको छ । यो संख्या ३४ प्रतिशत हो । बाँकी १५ प्रतिशत भने बालबालिका रहेका छन् । यस अवधिमा एक सय ५२ बालकको र एक सय ४३ बालिकाको हत्या भएको छ ।
किन हुन्छन् हत्या ?
संक्रमणकालीन समाजमा क्षणिक आवेगका कारण हुने हत्या बढ्छन् । यस्ता घटना विश्वभर हुने गरेका छन् । संक्रमणकालीन समाजमा स्रोतसाधन सीमित र अस्वस्थ प्रतिस्पर्धा धेरै हुन्छ । यसको प्रत्यक्ष प्रभाव मानिसमा पर्छ । समाजले मानिसलाई जे सिकाउँछ, त्यही सिक्छ । जस्तो बनाउँछ, त्यस्तै बन्छ ।
खराब समाजबाट कसरी असल मानिस बन्न सक्छ ? वर्तमान नेपाली समाज त्यस्तै छ । त्यसो हुँदा मानिसमा क्षणिक आवेग उत्पन्न हुन्छ । यसलाई नियन्त्रण गर्ने मेकानिजम ऊसँगै छैन । फलतः यो हत्या गर्ने चरणसम्म पुग्छ । अहिले बढेका हत्या यसैका कारण हुन् ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: