Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

रातारात सेनाका उच्च अधिकारीहरू बर्खास्त

\"\"साउदी अरेबियाले मध्य रात गरेका शाही निर्णयअन्तर्गत सेना प्रमुखसहित उच्च सैन्य कमाण्डरहरूलाई बर्खास्त गरेको छ ।

साउदी राजा सलमानले हवाई फौज र रक्षाबलका प्रमुखलाई समेत पदबाट हटाएका छन् । साउदीको यो शाही निर्णयबारे त्यहाँको साउदी प्रेस एजेन्सीले समाचार प्रकाशित गरेको थियो तर सेनाका उच्च अधिकारीहरूलाई बर्खास्त गर्नुको कारण भने उक्त समाचारमा उल्लेख गरिएको छैन । यमनमा युद्ध शुरू भएको तेस्रो वर्षको अन्त्य हुन लाग्दा साउदी अरेबियाले यस्तो निर्णय लिएको छ जसको नेतृत्वको गठबन्धनले यमनको विद्रोहीहरूविरुद्ध लडिरहेको छ । साउदी अरेबियामा हालै भएका यस्ता निर्णयहरूको पछाडि रक्षामन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सलमान रहेको ठानिएको छ । गत वर्ष शक्तिको दुरूपयोग गरेको र भ्रष्टाचार गरेको आरोपमा मन्त्रीहरू, राजकुमारहरू र अर्बपतिहरू लगायत दर्जनौं प्रभावशाली व्यक्तिहरूलाई रियादस्थित पाँच तारे होटलमा नियन्त्रणमा राखिएको थियो । सेना प्रमुख जेनेरल अब्दुल रहमान बिन सालेह अल-बुन्यन पनि हटाइएका मध्ये एक हुन् । बर्खास्त गरिएका थुप्रै सैन्य अधिकारीहरूको ठाउँमा अन्यलाई नियुक्त गर्न अघि सारिसकिएको छ । शाही निर्णय अन्तर्गत थुप्रै राजनीतिक नियुक्तिको घोषणाहरू पनि भएका छन् । जस अन्तर्गत विरलै हुने महिलाको नियुक्ति पनि भएको छ । श्रम तथा समाज विकास मन्त्रालयमा उपमन्त्रीका रूपमा एकजना महिला नियुक्त भएकी छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies