Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना

\"\"काठमाडाै । एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले बताए । १ सय ५० सदस्यीय नभए अहिलेको एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या थपेर ३ सय ५० सदस्य पुर्‍याउने तर्कमाथि छलफल भइरहेको उनले बताए । २ सय ६ लाई ६० प्रतिशत मान्दा माओवादीका तर्फबाट १३७ जना नेता केन्द्रीय कमिटीमा थपिन सक्छन् । २५ फागुनभित्र एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदनसँगै अन्तरिम विधान र सांगठनिक स्वरूपको प्रारम्भिक खाका तयार हुनेगरी दुईवटा छुट्टाछुट्टै कार्यदलले गृहकार्य गरिरहेका छन् । राजनीतिक र सांगठनिक खाकापछि एकता घोषणासभा ७ फागुनमा पार्टी एकीकरणका लागि दुई पार्टीबीच भएको सातबुँदे सहमतिअनुसार १० फागुनमा दुई कार्यदल गठन भएका थिए । राजनीतिक कार्यदलमा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपालसहित भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल र देवेन्द्र पौडेल छन् । यस्तै, अन्तरिम विधान र संगठनसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव सदस्य छन् । दुवै कार्यदलले दुई चरणको बैठक सकाएर उपसमितिहरूमार्फत् अनौपचारिक गृहकार्य गरिरहेका छन् । यी दुवै कार्यदलले प्रस्ट खाका बनाइसकेपछि पार्टी एकता संयोजन समितिबाट अनुमोदन गरी एकता घोषणासभाको मिति तय गरिने तयारी छ । नेताहरूले २५ फागुनभित्र खाका तयार गरी ढिलोमा चैतको पहिलो साताभित्र एकता घोषणासभा गरिसक्ने बताउँदै आएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy