Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

चार वर्ष अघि इराकमा बेचिएकी किप्पा तामाङको दर्दनाक कथा

\"\"इराक । राम्रो काम, खान बस्न सबै फ्री, मनग्य पैसा कमाउन सकिन्छ भनेर चार वर्ष अघि दलाल टु दलालको सेटिङ मार्फत अवैधानिक रूपमा ईराकको राजधानी बग्दाद पुर्याइ मोटो रकममा बेचिइन किप्पा तामाङ । रसुवाको साबिक राम्चे गाविस वडा न ७ घर भएकी तामाङ चार बर्ष अघि तारा माया तामाङ नाम गरेकी महिलाको सहयोगमा कुर्किस्तान, सुलेमानिको टुरिष्ट भिसा लिएर बग्दाद पुगेकी थिइन । मबिस नाम गरेका एक बङ्गाली र तारामायाले बग्दाद पुर्याइ किप्पालाई स्थानीय व्यक्तिको घरमा काम गर्न छाडे । किप्पालाइ त्यहाँ छाडे र मोटो रकम लिएर फर्किए । किप्पाको लागि त्यो घर केहि दिन मै नर्क  बन्न पुग्याे । काममा जस नपाउने त छदै छ, दैनिक जसो शारिरिक र मानसिक यातनाबाट पीडित बनिन् किप्पा । उनि भन्छिन्, \'बाचेर नेपाल फर्कन सक्छु भन्ने अझै बिश्वास छैन । २२ महिना देखि कामकाे ज्याला पाएको छैन । दैनिक कुटपिट हुन्छ । कतै सम्पर्क गरौ मोबाइल घर मालिकले लगेकाे छ । मलाई बन्धक बनाएका छन ।\' परिवारसंग सम्पर्क हुन सकेन उनले गुनासो पाेखिन । उद्वारका लागि हात फैलाएकी छन् किप्पाले । यसरी हुदैछ उद्दारको पहल चार वर्ष देखि नारकिय जीवन बिताउदै आएकी किप्पालाई खोजि गरिदिन परिवारले परराष्ट्र मन्त्रालयलाई लिखित निवेदन दिएको भए पनि लामो समय बिति सक्दा समेत कुनै पहल भएको छैन । यसैबीच प्रवासी नेपाली एकता समाज कुर्दिस्तान र गैर आवाशिय नेपाली संघ ईराकको संयुक्त पहलमा बिहिवार बेलुका पीडितलाई काम गर्ने स्थानबाट निकाली सुरक्षित स्थानमा राखिएको छ । उनलाइ नेपाल पठाउन आवश्यक पहल भैरहेको प्रवासी नेपाली एकता समाज कुर्दिस्तान का पुर्ब सचिब निमा गोलेले जानकारी दिएका छन । पीडितसंग पासपोर्ट वाहेक अरूकुनै कागजात छैन । उनलाई बग्दाद हुदै बास्रा, किर्कुक र पेशमार्गा हुदै नेपालीको बाहुल्य रहेको क्षेत्र ईर्बिल सम्म ल्याउदा अमेरिकि डलर ६०० खर्च भएकाे र अझै हजारौ अमेरिकि डलर खर्च हुन सक्ने समाजले बताएकाे छ । समाजका पूर्व सचिव निमा गाेलेले भने, \'सरकार बाट सहयोग मिल्ने आशा पनि गराैं । हामी सहयोग जुटाउदै छौं एनआर एन संग पनि सहकार्य भैरहेकाे छ ।\'

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE