अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा उत्पन्न मतभेदका विवरणमाझ ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले राजीनामा दिने भएका छन्।
कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार थिए। श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्गमित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन्। वाल स्ट्रिटका पूर्व ब्याङ्कर उनी ट्रम्पको कर लगाउने निर्णयले एउटा क्षति पुर्याउने किसिमको व्यापारिक युद्ध निम्त्याउनेमा चिन्तित रहेको चर्चा चलेका छन्। एउटा विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले कोनलाई दुर्लभ दक्षता भएका व्यक्ति भन्दै सेवाका लागि धन्यवाद दिएका छन्। पछिल्लो समयमा उनीहरू दुईबीच त्यति सुमधुर सम्बन्ध नरहेको बताइन्छ। गएको अगष्टमा एउटा अति दक्षिणपन्थी समूहको र्यालीमा ट्रम्पले सम्बोधन गरेपछि उनले ट्रम्प प्रशासनले अझै \'राम्रो गर्नसक्ने र गर्नुपर्ने\' बताएका थिए। उक्त कार्यक्रमपछि उनले राजीनामा पत्र समेत मस्यौदा गरेको विवरण आएका थिए। एउटा विज्ञप्तीमा कोनले भनेका छन्, \"देशलाई सेवा गर्न पाउनु र अमेरिकी जनतालाई फाइदा पुग्ने किसिमका आर्थिक वृद्धिदर निम्त्याउने मुख्य गरी ऐतिहासिक कर सुधार सम्बन्धी नीति ल्याउने क्षेत्रमा काम गर्न पाएकोमा गौरव महसुस गरेको छु।\" उनले ट्रम्पलाई काम गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै सफलताको समेत कामना गरेका छन्। वासिङटनस्थित बीबीसी संवाददाता एन्थोनी जर्चर भन्छन्, कोनको राजीनामा अनपेक्षित घटना होइन। उनका अनुसार हालैका दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा कडा नीति अँगाल्नुपर्ने विषयलाई लिएर तीव्र मतभेद देखिएका थिए र राष्ट्रपति स्वयंले त्यसलाई अघिल्लो हप्ता समाधान गरेका थिए। कोन ह्वाइट हाउसका लागि बिरानो जस्तै थिए। किनभने आर्थिक राष्ट्रवादको नारा अघि सारेका रिपब्लिकन राष्ट्रपति भएको ह्वाइट हाउसमा उनी विश्वव्यापिकरणको पक्षमा उभिने गरेका थिए। ट्रम्पका कतिपय बफादार सहयोगीले उनलाई नरूचाउने गरेका विवरण आएका थिए। तर बाहिरिया आर्थिक जगत र विशेष गरी ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर र छोरी इभान्काले उनलाई राम्रो मान्ने गरेका बताइन्छ। उनको बहिर्गमनले ती दुवै कमजोर हुने र ह्वाइट हाउसको नीतिमा पनि ठूलो फेरबदल हुनसक्ने ठानिएको छ। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: