Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

चार रेडक्रसकर्मीको मृत्यु

काठमाडौँ, विनाशकारी भूकम्पले हालसम्म चार रेडक्रसकर्मीको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलक स्वयम्सेवक सानुमैया कपाली र सिम्रन डङ्गोल तथा रसुवाका रेडक्रसकर्मी जितनाथ तिमल्सिनाको मृत्यु भएको सोसाइटीले जनाएको छ । प्राविधिक सहायक गुरुङ, स्वयम्सेवकद्वय कपाली र डङ्गोलको सोही दिन काठमाडौँस्थित काष्ठमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहँदा काष्ठमण्डपले किचिएर मृत्यु भएको केन्द्रीय रक्तसञ्चार सेवाका प्रशासकीय अधिकृत जीवनतारा भट्टले जानकारी दिए । उनका अनुसार सो दिन काठमाडौंका ११ स्थानमा रक्तदान कार्यक्रम भइरहेको थियो । अन्य स्थानमा खटिएका प्राविधिक, स्वयम्सेवक र केही रक्तदाता सामान्य घाइते भएका छन् । यसैबीच दिवङ्गत रेडक्रसकर्मीको सम्झनामा नेपाल रेडक्रस सोसाइटीले बिहिबार भावपूर्ण श्रद्धाञ्जलि कार्यक्रम आयोजना ग¥यो । सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा, सञ्चार विभागका प्रमुख दिव्यराज पौडेल तथा प्रशासकीय अधिकृत भट्टले मानवीय सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएका रेडक्रसकर्मीको योगदानको स्मरण गरे । उनीहरुले भूकम्पको विपत्तिमा परेकाको खोज, उद्धार तथा राहत वितरणमा सोसाइटी अहोरात्र खटिरहेको जानकारी दिँदै दिवङ्गतका परिवारजनलाई सोसाइटीका तर्फबाट सक्दो सहयोग पु¥याउने जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy