Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

बाबुरामलाई प्रचण्डको सुझावः पश्चाताप गर्नुस् नत्र स्वर्गमा बास पाइन्न

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । माओवादीबाट छुट्टिएर नयाँ शक्ति, पार्टी गठन गरेका भट्टराईलाई प्रचण्डले पुरानै पार्टीमा फर्कन आग्रह गरेका हुन् । विहिबार माआचेवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा नयाँ शक्ति पार्टीका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भट्टराईले माओवादी छोडेर गल्ति गरेको भन्दै गल्ती सच्याउन सुझाए । आफुले पटक–पटक माओृवादीमा फर्कन आग्रह गरेको भन्दै प्रचण्डले आफ्नो आग्रहलाई नमानेर भट्टराईले धेरै ठुलो गल्ती गरेको बताए। भट्टराई गल्ती सच्याउदै पार्टीमा नफर्के स्वर्गमा पनि बास नपाउने प्रचण्डले टिप्पणी गरे । ‘हाम्रो त भनाई बाबुरामजीहरु समेत यही जोडिन आइपुग्नु पर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन । मैले त उतिबेलै भनेको हो । भनेको भने छु बाबुराम जीलाई । गल्ती गर्नुभएको छ तपाईले । ब्लन्डर गर्नुभएको छ । धेरै ठूलो भुल गर्नुभएको छ,‘ प्रचण्डले भने, ‘यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाईन्छ । नत्र पोलेको पोल्यै हुन्छ उहाँलाई, दुख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हामीलाई । ” विगतमा माओवादी, कम्युनिष्ट आन्दोलन र क्रान्तिका लागि काम गरेकाहरु एउटै केन्द्रमा आउनुको विकल्प नभएको उनले बताए । फुटेर गएको विप्लव समूहलाई पनि पार्टीमा फर्कन आव्हान गदैृ प्रचण्डले जनताको आर्थिक विकास र सम्वृद्धिको चाहाना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वामगठबन्धनको पक्षमा आफु उभिएको जिकिर गरे । प्रचण्डले एमाले र माओवादी केनद्रको एकतापछि मुलुकमा विकास र सम्वृद्धिको अभियान चाल्न सजिलो हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending