Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

ट्रम्पद्वारा ताइवान यात्रा कानूनमा हस्ताक्षर

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एउटा कानूनमा हस्ताक्षर गरेका छन्, जसले संयुक्त राज्य अमेरिकाका अधिकारीहरूलाई आफ्ना समकक्षीलाई भेट्न ताइवानको भ्रमण गर्ने अनुमति दिनेछ। उक्त कदमले ताइवानलाई आफ्नो भगौडा प्रान्त ठान्ने चीनलाई आक्रोशित तुल्याउने देखिन्छ। अमेरिकाले ताइवानसँग हाल औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन। कानून अनुसार ताइवानको आत्मसुरक्षाका लागि उसले मद्दत पुर्‍याउनुपर्नेछ र अमेरिका उक्त प्रायद्वीपको हतियारको मुख्य स्रोत हो। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले \'ताइवान ट्राभल एक्ट\' नामक उक्त कानूनले अमेरिकी र ताइवानी अधिकारीबीच सबै तहमा भेटवार्ताका लागि प्रोत्साहन गर्ने जनाएको छ। अहिले पनि अमेरिकी अधिकारीहरू ताइवान जाने र बेलाबेलामा ताइवानी अधिकारीहरू ह्वाइट हाउसको भ्रमण आउने गर्छन्। तर चीनले अपमानित महसुस नगरोस् भनेर त्यसलाई गुपचुप नै राख्ने गरिन्छ। वाशिङटनले बेइजिंगलाई समर्थन गर्दै सन् १९७९ मा ताइवानसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो। तर उसले उक्त टापुसँग व्यापारिक सम्बन्ध कायम राखेको छ र चीनलाई आक्रोशित पार्ने तहमा हतियारहरु विक्री गर्ने गरेको छ। चीनले चाहिँ ताइवानलाई आफ्नो भगौडा प्रान्त ठान्ने गर्छ र उसले ताइवानलाई आफूमा समाहित गर्न चाहेको लामो समयदेखि बताइरहेको छ। नयाँ कानूनले ताइवानलाई एसियाको प्रजातन्त्रको ज्योतिका रूपमा चित्रण गर्दै ताइवानले हासिल गरेका उपलब्धिले यस क्षेत्रका अन्य देश र जनतालाई पनि प्रेरणा दिएको उल्लेख गरिएको छ। चीन र ताइवानबीचको तनाव बढिरहँदा राष्ट्रपति ट्रम्पले उक्त कानूनमा हस्ताक्षर गरेको खबर आएको हो। चिनियाँ विदेश मन्त्रालयले शुक्रवार उक्त कानूनको विपक्षमा आफू रहेको दोहोर्‍याउँदै अमेरिकालाई एक चीन नीतिप्रति प्रतिबद्ध रहन र ताइवानसँग आधिकारिक सम्पर्क नराख्न आग्रह गरेको छ। ताइवानकी राष्ट्रपति साइ इंग विनले उक्त प्रायद्वीप एक चीनको हिस्सा भएको स्वीकार गर्न नमानेपछि बेइजिंगले ताइपेइसँगको औपचारिक सञ्चार नै विच्छेद गरेको छ। वाशिङटनबाट बीबीसीका क्रिश बक्लर भन्छन्, ह्वाइट हाउसले एकदमै सावधानीपूर्वक भाषा छनोट गर्दै यो विधेयक बाध्यकारी नभएको र राष्ट्रपति ट्रम्पले हस्ताक्षर नगरेकै भएपनि पनि त्यो कार्यान्वयनमा आउने उल्लेख गरेको छ। उनी थप्छन्, \'सम्भवतः बेइजिंगलाई नचिढ्याउने अमेरिकी नीतितर्फ संकेत गर्छ किनभने उत्तर कोरियासँगको तनाव कम गर्न वाशिङटनले चीनको साथ खोजिरहेको छ।\' बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy