Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

काभ्रेपलाञ्चोकको गाउँगाउँमा इन्जिनियरको टोली परिचालन

बनेपा, भूकम्पका कारण काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति भएपछि यहाँको ४१ गाविसको विभिन्न स्थानमा इन्जिनियरसहितको टोली गाउँगाउँमा आईपुगेका छ । भूकम्पबाट गाउँगाउँमा भएको वास्तविक क्षतिको आँकलन गरी राहत वितरणमा सहयोग पुर्‍याउन र तथ्याङ्क सङ्कलन गर्न अधिकृतको नेतृत्वमा पाँच सदस्य टोली गाउँगाउँ परिचालन भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जानकारी दिए । अहिले सो टोली जिल्लाको दुर्गम क्षेत्र डाँडापारीका गाविस नगए पनि खास गरी भूकम्पबाट बढी प्रभावित क्षेत्र मानिएको पाँचखाल, अनेकोट, गैरीविसौना देउपुर, देवीटार, रविओपी, ढुङ्खर्क, कोसीदेखा, विर्तादेउराली, गोठपानी, च्याम्रेङबेँसीलगायत गाविस तथा स्थानमा परिचालन भएको सो टोलीले एक महिनासम्म काम गर्ने उनले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आएका २५ इन्जिनियर, जिल्लाका सव इन्जिनियर र ओभरसियरसहित करिब ४१ जनाको टोलीले क्षतिग्रस्त घरको अवस्था, उनीहरूलाई उपलब्ध गराउनुपर्ने सहयोगको आँकलन गर्नेछ । प्रजिअ ढकालले जिल्लाको ७६ गाविसमा नै इन्जिनियरको टोली परिचालन गरिने उल्लेख गर्दै पर्याप्त मात्रामा जनशक्ति नहुँदा कठिनाइ देखिएको बताए । यही वैशाख १२ गते गएको भूकम्पका कारण काभ्रेपलाञ्चोकमा झन्डै ४८ हजार घर पूर्णरुपमा क्षति भएको छ भने करिब २० हजार घर आंशिकरुपमा क्षति भएको छ । यी घरबाट एक लाख २० हजार विस्थापित भएको अनुमान छ । यसैबीच काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम गाविस बनखुचौरमा प्रदान गरिएको खाद्यान्न अखाद्य भएको खुल्न आएको छ । सभासद् रेशम लामाले बनखुचौर पठाइको चामलको म्याद सकिएको फेला परेको बताए । भूकम्पबाट पीडित भएकालाई राहतको नाममा आहत बनाउने काम भएको छ उनले टिप्पणी गरे । सो खाद्यान्न हेलिकप्टरबाट डाँडापारीको गाविसमा पुर्‍याइएको थियो । डाँडापारीका चार गाविसमा खाद्यान्न पुगे पनि अन्य गाविसमा अहिलेसम्म पनि राहत नपुगेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । डाँडापारीको क्षेत्रमा ११ गाविस छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending