काठमाडौँ, नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट मुलुक अहिले शोकमा डुबेको भए पनि राजनीतिक दलहरुबीच राहत तथा उद्धार कार्यमा अभूतपूर्व एकता देखिएको बताएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै उहाँले भूकम्पबाट भत्किएका संरचनामा परेका व्यक्तिहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले पु¥याएको योगदानको प्रशंसा गरेर ।
राहत उद्धारमा नेपाललाई माया गर्ने विदेशी मुलुक र अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहयोग र सद्भाव प्राप्त भएको बताउँदै वरिष्ठ नेता देउवाले पुनर्वास र पुनःनिर्माणमा अब राज्यका सबै शक्ति केन्द्रित गर्न आवश्यक छ भने ।
मुलुकको क्षमताले मात्र सबै पुनःनिर्माणको काम हुन कठिनाइ हुने हुँदा अन्तर्राष्ट्रिय दातृ समुदायको सहयोगमा संयमित भएर अघि बढ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिए ।
सेना र प्रहरीको तल्लो तहसम्म पुग्ने संयन्त्र भएकाले राहत र उद्धारको काममा उनीहरुलाई अझ बढी जिम्मेवारी दिएर परिचालन गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता देउवाले पुनःस्थापनाको काम अत्यन्त चनौतीपूर्ण भएको धारणा राखे ।
आगामी दिनमा भूकम्परहित भवन निर्माणका लागि बनाइएका आचारसंहितालाई कडाइका साथ लागू गर्नुपर्नेमा ध्यान पु¥याउनुपर्छ भन्दै उहाँले विपद्का समयमा काम गर्न एक बेग्लै मन्त्रालय गठनको आवश्यकतामा जोड दिए ।
यही वैशाख १२ गतेदेखि मुलुकमा पटक–पटक गएको भूकम्पबाट भएको जनधनको क्षतिका सम्बन्धमा केन्द्रित रहेर व्यवस्थापिका–संसद्को शुक्रबारबाट विशेष समय तोकेर छलफल हुँदै आएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: