बैशाख २७ गते, २०७२ आइतवार 10th May, 2015 Sun०७:२३:११ मा प्रकाशित
तिनले मिडिया उचाल्थे । ती सदैव छाउँथे । ती ‘प्रजातन्त्र’ र ‘लोकतन्त्र’ का कुरा गर्थे । सामाजिक सञ्जालमा उनीहरु भएका बखत अरु बोल्न डराउँथे । ती जन्मजात बोलवाला, बाँकी अरुहरुका बोलिदिने; अरुहरुका अधिकारको खटनपटन गरिदिने ।
खासमा उनीहरु परिवर्तनका आन्दोलनमा हुन्नथे तर शासकसँगको वार्ता र संवादमा हुन्थे । सडकमा हुन्नथे; टेलिभिजनका स्क्रिनमा चाहिँ ‘अधिकार’ का कुरा गर्थे । परिवर्तन वा अग्रगमनको अन्तिम पहरमा टुप्लुक्क टुप्लिन्थे र ठालु हुन्थे । भन्थे– म नभएको भए अग्रगमन आउँदैनथ्यो ।
हो जस्तै बनाइदिने मिडिया जो थियो । हो जस्तै बनाएपछि ‘हो’ ठान्ने साधारण मानिसहरु नपाइने कुरै भएन । आज मुलुक विपतमा छ । विपतभर ती कतै देखिएनन् । फुत्त सामाजिक सञ्जालमा आए र ठालु कुरा गरेर लुत्त भागे । विपत सम्हालिँदै गर्दा ती आउने बेला भयो । यहाँ ती अर्थात् माथि भनिएकाहरुको अर्थ ‘कुलीन’ मानिसहरु हुन् भन्ने बुझौं ।
ती आउने बेला भयो । ती छाउने बेला भयो । मोबाइलमा भूकम्पमापन यन्त्र बोकेर ती पक्कै पल्लो टोलमा चाउचाउ बाँड्न पुगेको हुनुपर्छ । कुलीनहरु चाउचाउ बाँडेको फोटोसहित आउँछन् । भूकम्पप्रतिरोधी महलमा बसेर तिनले डलरका योजना बनाउन पक्कै भ्याए । घर लडेका गाउँका मानिसहरुलाई ती जीवनदाता झैं लाग्नेगरी आउँछन् ।
२–४ जागिरदार आफ्नाहरुले उनका लागि घरले किचेका मानिसहरुका फोटा बटुले होलान् । आमा–बा गुमाएर स–साना लालाबाला रुँदै गरेका करुण तस्बिर उनीकहाँ पुगे होलान् । ती फोटा ‘म्याकबुक प्रो’ को ‘पोर्ट’ हुँदै यतिबेला युरोपमा आँशु बगाउँदै होलान् ।
ती आएनन्, जतिबेला घर लड्दै थियो । विनाशकारी भूकम्प पैसो सिद्धिएको मोबाइलबाट ‘मिसकल’ मारे झैं गर्दै थियो । ती ज्यान जोखिममा पारेर पत्रकारले खिँचेका ‘फुटेज’ हरुलाई रेकर्डएवल टेलिभिजनमार्फत रेकर्ड गर्दै बसे; जसलाइ भोलि युरोपतिर देखाएर डलरमा साट्न पाइयोस् । मानिसहरु सडकमा किचिएर मर्दा तिनका फराकिला बंगलामा आम मानिसहरुले प्रवेश पाएनन् ।
मानिसहरु घाइते थिए । प्रत्येक नेपाली उद्धारकर्ता बनेका थिए र पनि उद्धारकर्ता पुगेका थिएनन् । ती कुलीनहरु शान्त थिए । तिनलाई खाद्यान्न नपाइने चिन्ता थियो । तिनका ढोकामा बिहान आउने दूधको पोकाको उनलाई शोक थियो । तिनलाई काठमाडौंमा मानिसहरु मरेपछि फैलन सक्ने महामारीको चिन्ता थियो । अहँ ती आएनन् ।
ती आउँथे– सडकमा कुनै अग्रगमनकारीले परिवर्तनका कुरा गरे भने रोक्न आउँथे । तिनलाई परिवर्तनसँग खुब झोंक चलेको होला, शायद ! ती ‘सेता टी–सर्ट’ लगाएर आउँथे । तिनलाई बन्द या हड्तालले खास कठिन के हुन्थ्यो ? छ दिनको बन्दमा समेत हजारौं टी–सर्ट छाप्न भ्याउँथे । तिनका टी–सर्ट भिर्नेहरु पनि हुन्थे । ती कुलीनहरुलाई पशुपतिको भारतीय पुजारी फेरिएर नेपाली आउला भन्ने ठूलो डर थियो र सडकमा आउँथे । ती सडकबाट जनाधिकार स्थापित होला भन्ने डरले ‘सत्ता कब्जा’ को कुरा गर्थे ।
उतिबेला कुलीनहरुलाई कटवालको खुब ठूलो चिन्ता थियो । जनताको एउटा प्रतिनिधिले निरंकुश सैनिक जनरल कटवाललाई हटाउला भन्ने त्रासमा सयौंको फौज बनाउन तिनले भ्याए । र, उनै जनरलको पक्षमा ती सडकमा आए । ती भारतीय पूजारीको पक्षमा सडकमा आए । ती खोपीका राष्ट्रपतिलाई धन्सारमा निकाल्न आए । नारा लगाए । जनअधिकारका ठूलठूला कुरा गरे; जीवन न्यौछावर गर्ने बताए । आज केही खतरा मोलेर भए पनि जनताको दुःखमा आउनुपर्ने दिन चाहिँ ती आएनन्, हराए । शायद ती डराए ।
बिचरा ! तिनले अहिले ‘टी–सर्ट’ छाप्ने ठाउँ पाएनन् होला । तिनले तयार पारेका ‘टी–सर्टधारी’ पक्कै तीभन्दा गुनी छन् । तिनको वर्ग अहिले आपतमा परेको वर्ग हो त्यसैले उनीहरु उतै गए होलान् । कुलीनहरुले ‘मोबाइल नेटवर्क’ भेट्टाएनन् होला । तिनका क्यामेरामा ब्याट्री सिद्धिएकाले ‘चार्ज’ भएनन् होला । आऊन् पनि कसरी ? आफैंलाई झन् ठूलो आपत परेका बेला !
टी–सर्ट छाप्ने ठाउँ छैन । टी–सर्ट लाउने मान्छे छैनन् । मोबाइल नेटवर्कले काम नगरेपछि ‘पप्पी’ (घरपालुवा कुकुर) ले के खायो– कसरी सोधून् ! बत्ती थिएन, क्यामराको ब्याट्री चार्ज कसरी गरुन् ! प्रकोपमा परेका जनतालाई आफूले साथ दिएका फोटा पनि कसरी खिचून् ! र, ती विचरा कसरी आऊन् ?
अब आउँछन् । भूकम्प गयो । भूगर्भविद्हरुले ‘अबका केही वर्ष ठूला भूकम्प आउनै नसक्ने’ बताइसके । यसो भएपछि झन् अब उनीहरु आउँछन् । संसारका कुना–कुनाबाट उद्धारकर्ता आए र उद्धार गरिवरी फर्किए । एक हदसम्म प्रभावित क्षेत्रहरु शान्त जस्ता पनि भए । सडकमा बसेका मानिसहरु पनि घर–घर फर्किए । काजक्रिया पनि सकिँदैछ । मानिसहरुले गोठ नभए पनि ओतमा बस्न आफूलाई अभ्यस्त बनाइसके । स–साना नानी–बाबुहरु पनि ‘अब त आउँदैन’ भन्न थालिसके । यति भइसकेपछि कुलीनहरु आउँछन् । जनताका गीत गाउँछन् । दुःखमनाउ गर्दै फलाक्छन् । प्याजका गान्टा झोलाभरि हालेर अब ती गोरखाको बारपाक जान्छन् । आँशु बगाएका जनतासँगै आफ्ना आँखामा प्याज दलेर रसाउने बनाउँछन् । २–४ थान थोत्रा पाल र २–४ बोरा चामल फ्याँकेर अवश्यै तिनले ‘फोटोसेसन’ गर्छन् ।
अ, अब छाउने बेला भयो– प्रेसमा तिनका भैंसी–अक्षर । स्क्रिनमा तिनका डलरे अनुहार आउँछन् । तिनले पुनर्निर्माणको अन्तर्राष्ट्रिय महाभारत फलाक्छन् । तिनले राहत र पुनर्वासको सौर्यकल्पना पनि बाँड्छन् । कुलीनहरुले यसो गरिरहँदा नियालेर हेरौं– उनका आँखामा हरिया डलर नाचिरहेका हुन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: