Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

हेल्थटिप्स : अनुहारमा कालो पोतो हटाउन यसो गर्नुस्

सुन्दर छालाको रहर कसलाई पो नहोला रु अझ महिलालाई त आफ्नो अनुहार र शरीरलाई आकर्षक र सुन्दर राख्न बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन त्यही रहर पूर्तिको उत्तम विकल्प हुँदै आएको देखिन्छ । तर रहर गर्दैमा र कृत्रिम उपायले मात्रै हुने भए सबैका अनुहारमा चमक हुने थियो । कतिपयलाई अनुहारमा कालो पोतो आएर ठूलो तनाव दिने गर्छ । विशेषगरी महिलालाई नै आउने कालो पोतोले उनीहरूकोआत्मविश्वासलाई समेत प्रभावित गरिरहेको हुन्छ । कालो पोतोका कारण अनुहारमा खैरो वा कालो दाग बस्ने गर्छ । कालोपोतो दुवै गालाबाट सुरु भएर बटरफ्लाईको आकारमा वृद्घी हुँदै जान्छ । कहिलेकाहीं यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखा वरिपरि वा अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ । कालो पोतोः अनुहारको कालो पोतोका कारण पेटको गडबडी, हर्मोनको असन्तुलन, औलो, कलेजो वा अन्य कुनै शारीरिक रोगव्याधी समेत हुन सक्छ, वरिष्ठ आयुर्वेदिक चिकित्सक डा।कृष्णराज पराजुली भन्छन्, यदि सामान्य रूपले कालो पोतोको समस्या देखिएको हो भने यसलाई आफैले घरेलु उपचारको माध्यमले समेत निको पार्न सकिन्छ । पाखाबारीमै पाइने वा रोपिएका घ्यूकुमारीको पातभित्र हुने गुदीलाई कालो पोतो, चाया देखिएको भागमा लगाउँदा लाभदायक हुने डा।पराजुली बताउँछन् । घ्यूकुमारीको उपयोग छाला रोगका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यति मात्र नभएर शंखभष्मलाई दूधको तरमा मिसाएर अनुहारमा लेप लगाउनाले समेत फाइदा पुग्ने उल्लेख गर्दै पराजुली भन्छन्, बेसार, चुत्रोको बोक्रा घोटेर लगाउनाले समेत सामान्य कालो पोतो हटाउन मद्दत गर्छ ।ुकसै कसैलाई भने डन्डिफोरसँगै कालो पोतो देखिने समस्या समेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउ घोटेर लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालो पोतोको समस्याबाट मुक्ति पाइने डा। पराजुली बताउँछन् । रक्तअल्पता, हर्मोनको असन्तुलन, गालाबाट बढी पसिना आउनु, गर्भावस्था, अन्य औषधिको साइड इफेक्ट, प्रदूषण आदिका कारणले पनि हुन सक्ने कालो पोतोका बारेमा आयुर्वेद क्याम्पसका डा. रामआधार यादव भन्छन्, महिलालाई इन्ड्रोक्राइनल डिजअर्डर, हाइपोथाइराइडिज्म आदिले समेत कालो पोतोको समस्या देखिन सक्छ । यसमा हामी बिरामीको रोगसँगै कालो पोतोको स्थानीय उपचार पनि गछौर्ं ।ु कुनै खास कारण नभएर देखिने कालो पोतोमा भने घरेलु उपचार पर्याप्त हुने जनाउँदै डा। रामआधार भन्छन्, ुघरमै मुसुरो दालको पिठो एक चम्चा, काँक्रो (खिरा० को लेदो, घ्यूकुमारी (एलोबेरा० को रसमा बेसार, रक्तचन्दन, श्वेतचन्दनको धुलो हालेपछि बन्ने सम्मिश्रणमा जायफलको धुलो, केही मात्रामा कपुर, कुंमकुंम समेत मिलाएर बनाइएको पेस्टबाट उपचार गर्न सकिन्छ । यो पेस्ट दिनहँ बनाएर अनुहारमा लगाउनुपर्छ । एक पटक पेस्ट लगाएपछि एकरदुई घन्टापछि मात्रै मन तातो पानीले मुख धुनोस्,ु डा। रामआधार भन्छन्, आयुर्वेदमा यसलाई लेप भनिन्छ, लेप सुख्खा नभएसम्म धुनु हुँदैन । यसपछि भने अनुहारमा कुमकुमादि तेल लगाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार यो उपचार न्यूनतम एकदेखि डेढ महिना गरेपछि निको हुन्छ । कालो पोतो उपचारका लागि आयुर्वेद विज्ञानमा विभिन्न उपायको वर्णन गरिएको छ । बेसार, मन्जिष्ठा, सेतो चन्दन, खदिर, देवदारु, दारु हरिद्रा सबैलाई बराबर मात्रामा लिई चूर्ण बनाएर कागतीको रस, दही वा गुलाबजलसँग मिसाएर पेस्ट बनाएपछि अनुहारमा लगाउनाले समेत फाइदा पुग्ने डा।रामदेव यादव बताउँछन् । यो पेस्ट अनुहारमा लगाएको एक घन्टापछि धुनुपर्छ भने यो उपचार प्रक्रिया एकरडेढ महिनासम्म नियमित जारी राख्नुपर्ने उनी बताउँछन् । उपचार प्रक्रिया गरिरहेका बेला अनुहारमा चिल्लो पदार्थको कम उपयोग गर्नुपर्छ । कालो पोतो आएको अनुहारको भागमा लेप लगाउनुबाहेक कुटकी, मन्जिष्ठा, गुरुजो, चिराइतो, खदिर, दारु हरिद्रालाई बराबर मात्रामा मिलाएर चूर्ण बनाई एकरएक चम्चा बिहान(बेलुका खानाअघि मन तातो पानीसँग खाँदा समेत रगत शुद्घ भएर कालो पोतो निको हुने डा।रामदेव बताउँछन् । उनी बढी सामान नपाइए चन्दन, बेसार, मन्जिष्ठा र खदिरको धुलो बनाएर यसलाई गुलाब जलसँग मिसाएर कालो पोतो भएको ठाउँमा उपयोग गर्दा समेत निको हुने बताउँछन् । भित्रबाट स्वस्थ मान्छे जसको पेट सफा छ, पाचनप्रणाली ठीक छ भने उसको अनुहारमा सामान्य र प्राकृतिक रूपले चमक देखिन्छ । यसले अनुहारको कालो पोतो, डन्डिफोर, एक्ने जस्ता समस्या पनि निर्मूल हुन्छ । पेटको व्यायाम, प्राणयाम, कपालभाती, अनुलोमविलोम गर्नाले सन्चो हुनुको साथै यसबाट अनुहारको चमक समेत बढ्छ । सुन्दरसंसार डटकमबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies