Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपालीको पीडामा नर्वेलीको मलहम

काठमाडौँ, भूकम्पप्रभावित काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोबास गरेका एकल महिला तथा अन्य प्रभावित परिवारलाई नर्वेली राजदूतावासले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ ।

जिल्लाका नयाँगाउँ देउपुर र पाँचखाल नगरपालिकाको खावा गाउँका करिब एक हजार २०० घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेर भूकम्पले बनाएको पीडामा मलहम लगाउने काम गरिएको हो । राजदूतावासको सहयोगमा शान्ति न्याय लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल सङ्कल्प नेपालले उक्त खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो ।

वितरण गरिएका सामग्रीम डेक्ची, बाल्टिन, जग, चामल, दाल, चिनी, चियापत्ती, नुन, तेल, कपडालगायत रहेको सङ्कल्पका कार्यकारी निर्देशक चन्द्रा राई श्रेष्ठले जानकारी दिए ।

नयाँगाउँ देउपुर भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्र भएकाले सो क्षेत्रमा खाद्यान्न र लत्ताकपडा बाँडिएको सङ्कल्प संस्थाकी उपाध्यक्ष लीली थापाले जानकारी दिनुभयो । भूकम्प प्रभावित समयमा पुरुषभन्दा महिला बढी असुरक्षित हुने गरेको जानकारी दिँदै उहाँले पीडित महिलाका लागि संस्थाले राहतको पहल गरेको बताए ।

एकल महिला सङ्घ काभ्रेका अध्यक्ष रामदेवी तामाङले जिल्लामा रहेका १२ हजार एकल महिलामध्ये करिब सात हजार एकल महिला भूकम्पपीडित बनेको जानकारी दिए ।

नेकपा (एमाले) नयाँगाउँ एकाइ समितिका अध्यक्ष दिलबहादुर तामाङले गाविसमा रहेका एक हजार १७० मध्ये एक हजार १६५ घर बस्न नहुने गरी ध्वस्त भएको जानकारी गराए ।

अध्यक्ष तामाङले सो गाविसमा हालसम्म अन्नपूर्ण नेपाल, एक्सन एडलगायत संस्थाले भूकम्पपीडित घरपरिवारलाई सहयोग गरिसकिएको बताउँदै भूकम्प प्रभावित क्षेत्र ठूलो भएकाले राहतको अत्यधिक खाँचो रहेकाे बताए ।

संस्थाले यही वैशाख १२ गते गएको भूकम्पपछि नुवाकोटको मनकामना गाविसका पीडित बासिन्दालाई राहत बाँड्नाका साथै काभ्रेका खावा र नयाँगाउँका बासिन्दालाई राहत सहयोग गरेको छ । आगामी दिनमा सिन्धुपाल्चोक र गोरखाका भूकम्प प्रभावित क्षेत्रमा राहत बाँडिने सङ्कल्पले जनाएको छ ।

यसैबीच उक्त क्षेत्रमा ओशोधारा ध्यान केन्द्र नेपाल, आस्था सामुदायिक अध्ययन केन्द्र, सत्सङ्ग पुस्तकालय भक्तपुरको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनाका साथै कपडाको मास्क वितरण गरिएको छ । शिविरमा छातीको समस्या, एलर्जी, चोटपटक र दुखाइको उपचार गरिएको उक्त कार्यक्रमका संयोजक बीना प्रजापतिले जानकारी दिए । उनले भूकम्प प्रभावित क्षेत्रमा पाँच चिकित्सक, १२ नर्स, तीन औषधिविज्ञ र स्वयम्सेवक खटिएको बताए ।

यस्तै सोही गाविसमै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ काठमाडौँले १२० बोरा चामल, १० बोरा दाल, १० बाकस बिस्कुट, १२० पोका नुनलगायत सामग्री वितरण गरेको छ । स्टेसनरी व्यवसायी जिल्ला शाखाको सक्रियतामा सङ्कलित रकमबाट उक्त सामान किनेर वितरण गरिएको संस्थाका सचिव शिवसागर शर्माले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies