Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भूकम्पका कारण पर्यटन व्यवसाय प्रभावित

चितवन, भूकम्पका कारण यहाँको पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित बनेको छ ।

बेमौसम सुरु हुनुअघिको निकै राम्रो समय मानिने यतिबेला पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, जगतपुर र मेघौली सुनसान बनेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेका अनुसार गत वर्षमा ७० प्रतिशत बुकिङ हुने गरेकामा अहिले पाँच प्रतिशतमात्रै पर्यटक रहेका छन् । जसमध्ये दुई प्रतिशत आन्तरिक रहेको उनको भनाइ छ ।

सबै बुकिङ रद्द भएको बताउँदै उहाँले पर्यटन व्यवसायी अब के गर्ने भन्ने विषयमा अन्योलमा परेको बताए ।

पछिल्लो समय पर्यटकको आकर्षण बढेसँगै ठूलो लगानीमा चितवनमा पर्यटकीय होटल खोल्ने क्रम तीव्र गतिमा अघि बढेको थियो ।

जिल्लामा १३० वटा पर्यटकीय होटलमा पाँच अर्ब रुपैयाँभन्दा बढीको लगानी भएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले सुरुमा पर्यटक बढेसँगै बैंकसँग ठूलो ऋण लिएर होटल बिस्तार र नयाँ होटल खोलिएको भए पनि एकाएक विपत्ति आइलागेपछि आफूहरु अन्योलमा परेको बताए ।

सेप्टेम्बरसम्मका सबै बुकिङ रद्द भएको बताउँदै त्यसपछि के हुने हो भन्न नसकिएको विष्टको भनाइ छ ।

पर्यटक जाने ठाउँ नै भूकम्पले प्रभावित छ । सरकारले कस्तो सन्देश दिन सक्छ त्यसैमा भरपर्छ, विष्टले भने। चितवनमा आउने कुल पर्यटकको ७० प्रतिशत चिनियाँ रहने गर्दछन् । भूकम्पबाट सबैभन्दा बढी चिनियाँ डराउँछन् । उनीहरुलाई कसरी ढुक्क पार्न सकिन्छ त्यसले पर्यटन क्षेत्र निर्भर गर्छ, विष्टको थप भनाइ छ ।

कसरा रिसोर्ट जगतपुरका जनसम्पर्क अधिकृत सागर पौडेल ५० प्रतिशत बुकिङ भएको होटलको सबै बुकिङ रद्द भएको बताउँछन् । आफ्नोमात्रै नभएर यस क्षेत्रका आठवटा होटल सुनसान रहेको पौडेलले बताए ।

त्यस्तै मेघौलीमा गत वर्षबाट नै सञ्चालनमा आएको होटल बाराहीमा पनि ६० प्रतिशत बुकिङ भएकामा भूकम्पसँगै पर्यटक नआएपछि सबै बुकिङ रद्द भएको होटलका प्रबन्ध निर्देशक विप्लब पौडेलले बताए ।

सबै राजदूतावासले नेपालमा रहेकालाई फिर्ता बोलाएको बताउँदै उनले परिस्थिति सामान्य बनेसँगै सरकार, सञ्चारमाध्यम र विदेशमा रहेका नेपालीले सहयोग पुर्याएमा व्यवसाय पहिलेको अवस्थामा आउने बताए ।

चितवन, पोखरालगायतका क्षेत्र पूर्णरुपमा सुरक्षित रहेकाले राजधानी र बाहिर रहेका नेपाली यतिबेला भ्रमणका लागि निस्किएमा उनीहरुलाई तनाव घट्ने र व्यवसाय पनि चल्ने पौडेलको भनाइ छ ।

पर्यटक घटेपछि होटलसँगै यसबाट आश्रित विभिन्न व्यवसाय पनि प्रभावित भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies