Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

यस्तो रहेछ ९१ वर्षे वृद्धको भूकम्प अनुभव

मदानपुर– ४, बासुकी, नुवाकोटमा भेटिए एक ९१ वर्षे वृद्ध बा । आफूलाई वैशाख १२ को विनाशकारी भूकम्पबाट बच्न सफल एक ‘भाग्यमानी’ व्यक्ति ठान्छन् उनी । पुख्र्यौली थलोबाट बसाइँ सरेर भर्खरै बेंसी आएका उनी भूकम्प आउँदा घरभित्रै थिए । हेमप्रसाद सिलवाल नामका यी वृद्ध बा ९० सालमा भूकम्प जाँदा १० वर्षका रहेछन् । वि.सं. १९९० सालको भूकम्पभन्दा पनि २०७२ वैशाख १२ गतेको भूकम्प बढ्ता अत्यासलाग्दो भएको अनुभव सुनाए उनले । लठ्ठीको सहारामा टुकुटुकु हिँडिरहेका उनले पंक्तिकारलाई भेट्नेवित्तिकै आफ्नो जीवनकालमा आएका तीनटा ठूला भूकम्पको अनुभव सुनाए । ९० सालको भुइँचालो जाँदा म खेतमा काम गरिरहेको थिएँ । त्यो भूकम्पको दिन माघ महिनाको सोमबार थियो । यस्तै दिउँसोको दुई बजेको हुँदो हो । एक्कासि जमिनै हल्लन थाल्यो । म त डरले थररर्र काँप्न थालें । त्यतिबेला अहिलेका जस्ता ठूलठूला घर हुन्थेनन्, बाबु ! बस्ती पनि बाक्लो थिएन । कतैकतै मत्र घर थिए । फुसका छाना हुन्थे । हेर्दाहेर्दै ढल्न थाले गाउँका घरहरु । पहाडै कुइरीमण्डल भयो । बेंसीमा काम गर्नेहरु काम छाडी सुरक्षित स्थलतर्फ भागाभाग गर्न थाले । मैले घर सम्झें । भुइँचालोले जमिनै फाटेजस्तै गरी हल्लाउन थाल्यो । रुखहरु भुइँमै सुतेजस्तै भा’थे । म हिँड्न नसकी घोप्टो परेर खेतको बीचमा बसें । दिनभरि जस्तै आएको थियो ९० सालको भुइँचालो । पछि अलि कम भएजस्तो लाग्न थाल्यो र म घर गएँ । घर भत्किसकेको रहेछ । धन्न परिवारका कुनै सदस्यलाई केही भएको रहेनछ । म खुशी भएँ । तर, कसैको पनि घर थिएन । पारि गैरीगाउँमा घरले च्यापेर गोठका गोरु र बाख्राहरु मरे, मानिहरु चाहिँ कोही पनि मरेनन् । त्यतिबेला काठमाडौंको धरहरा भत्कियो भन्थे । यहाँ चाहिँ नुवाकोटको साततले दरबार भत्किएको थियो । तर, त्यतिबेला पनि धेरै मानिसहरु मरेका थिए ‘नेपाल’ मा । त्यतिबेला काठमाडौं खाल्टोलाई मात्रै ‘नेपाल’ भन्ने चलन थियो । ९० सालको भुकम्प नौ दिनसम्म आएको अनुभव सुनाउँदै उनले ४५ सालमा पनि ठूलै भूकम्प आए पनि त्यसले चाहिँ खासै असर नगरेको वृद्ध बाले सुनाए । वैशाख १२ मा आएको भूकम्प त्रासदीपूर्ण भएको बताउँदै यी बाले यस्तो डरलाग्दो भुइँचालोको अनुभव अहिलेसम्म नगरेको बताए । यसपालिको भूकम्पमा घरभित्रै रहेका उनले यसरी सुनाए आफ्नो अनुभव– पूजापाठ सकेर मैले खाना खाएँ । खानापछि एकछिन आराम गर्ने मेरो बानी छ । त्यसैले कोठामा पसेर यसो सुतेको मात्र थिएँ, एक्कासि सुसाएर घरै पल्टेलाजस्तो भयो । चार हातखुट्टा टेकेर म हत्त न पत्त बाहिर आएँ । बाहिर त पूरै कोलाहल भइसकेछ । चारैतिर कुइरीमण्डल, आँखा नदेखिने भइसकेछ । भुइँचालो त धेरै पटक आ’थ्यो । यस्तो डर लाग्नेगरी सुसाएको कहिल्यै थाहा थिएन । रोटेपिङ खेल्याजस्तो भयो बाबु ! म राम–राम भन्दै अगाडिको खेतमा थुचुक्क बसें । बूढो मान्छे कतै भाग्न पनि सकिनँ । बाँचिएला जस्तो लागेन । क्षणभरमै वस्तीका घरहरु धूलोपीठो भए । ९० सालमा त नौ दिनमा रोकिएको थियो; अहिले त आ’को छ, आ’को छ । कस्तो सुसाको नि फेरि ! सात्तो काढ्ने भुइँचालो ! भन्दै गए बूढा बा– के गर्न खोजेका हुन्, दैवले कुन्नी ? धन्न घर चाहिँ ढलेन । तर, भित्र बस्नै नहुनेगरी चिराचिरा भएको छ । भगवानले यसपाला पनि हात थामिदिनुभयो । १२ गतेको भुइँचालोले क्षणभरमै पाँच जनाको ज्यान लियो बाबु ! यो सबै ईश्वरको लीला हो । परमात्माका अगाडि कसैको केही जोर चल्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies