Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

एनआरएनए साउदीमा मनलाग्दीः श्रमिक हितमा बोल्दा आइसिसि सदस्य निष्काशित

\"\"साउदी । संगठनको छत्र छाँयामा बसेका दलालहरुविरुद्ध आवाज उठाउदा एनआरएनए साउदीका आइसिसी सदस्य धरम केसिलाई संगठनबाट निष्कासन गर्न सिफारिस गरिएको छ । गैर आवासीय नेपाली संघ साउदी अरेबियाले अाफ्नो तर्फबाट आईसिसी सदस्यमा मनोनित सदस्य केसीलाई एनआरएन साउदीको पदीय जिम्मेवारीबाट मुक्त गर्दै आईसिसी सदस्यबाट समेत पदमुक्त गर्न साउदीले पत्रसहित सिफारिस गरेको हो । केहि समय अघि मात्रै दलालहरुविरुद्ध समाचार लेखेको भन्दै एनआरएन कुबेतका अध्यक्षद्वारा नेपाल पत्रकार महासघ कुबेत शाखाका अध्यक्ष माथि निर्घात कुटपिट गर्दा खाडीमा बिवादास्पद बनेको एनआरएन अन्तत फ़ेरि एक पटक चरम विवादमा फसेको छ । \'एनआरएन एनसिसी साउदीमा दलालहरुको हाबी भयो साथिहरु बहकिएर अबैध र अनाधिकृत दुश्कर्ममा लागेका छन, जसलाई म बिधान व्याख्या समितिकाे फैसला पछि स्पस्ट पार्नेछु\' उनले भने । बैदेशिक रोजगारिका प्रमुख गन्तब्य मुलुकहरूः मलेसिया, कतार, युएर्इ र कुवेतमा अहिले \"मानव तस्कर\"को उपाधीले बदनाम भएको छ । म्यानपावर ब्यवसायीहरू ती देशका एनअारएनएका अध्यक्ष रहेका छन, अब यहां दलालहरूका पनि दलालहरू हावी भएका छन । ढिलो चांडो सकभर दलालहरू नै नभए पनि तिनका चम्चाहरू अर्थात दलालका पनि दलालहरूलार्इ नै यो संस्था सुम्पिने भरपूर कसरत अहिले उत्कर्षमा छ यसै विषयलाई बाहिर ल्याउन खोज्दा आफुमाथि हुँदै नभएको आरोप लगाएर संगठनबाट नै निकाल्ने प्रयास भै रहेको केसिले खबरडबलीलाइ जानकारी दिएका छन । \'एनसिसी साउदीले कोषको दुरूपयोग गर्यो । टिकट काटेर पीडितलार्इ नउडार्इ टिकट तथा सो को खरिदमा खर्च हुन गएको ठूलै धन राशी र नेपाल पुगिसकेका मानिसको फेरी यहां टिकट काट्न खर्चिने निर्णयहरू भएका थिए, जुन गल्तीहरूलार्इ सच्याउन लेखा परिक्षकको प्रतिवेदनले समेत ध्यानाकर्षण गराएको थियो । मैले पनि दबाव दिएको थिएं । साथै धर्मनाथ पासवानको केशको अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि उनीहरू नांगिदै लज्जित बन्न पुगेका थिए, त्यही रिस अहिले म माथि पोख्दैछन तर म सधै सत्यको पछ्यमा छु ढिला होला तर जित सत्यकै हुन्छ\' उनले खबरडबलीसँग भने । यता एनआरएन साउदीले केसिलाइ पदिय जिम्मेवारी बाट हटाउने निर्णय गरेसँगै सो निर्णयको चौतर्फी रूपमा बिरोध सुरु भएको छ । मजदुर हितमा लागि संगठनको बिधान अनुसार इमानदार भएर काम गर्न केसिलाइ हटाउनु निन्दनीय भएको भन्दै एनआरएनले अब दलालहरुको खुलेर संरक्षण गर्न लागेको आरोपसहित सामाजिक संजाल मार्फत बिरोध सुरु भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies