अमेरिकाको टेक्सस राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि मेक्सिकोसँगको सिमानामा न्याश्नल गार्डका सदस्यहरूलाई खटाउँदैछ ।
गार्डका एकजना प्रवक्ताले आगामी ७२ घण्टाभित्र गस्तीका लागि २५० जनालाई पठाइने बताए । एरिजोना राज्यले पनि आगामी हप्ता १५० जनालाई खटाउने योजना बनाएको छ । राष्ट्रपति ट्रम्पले सीमामा प्रस्तावित पर्खालको निर्माण नहुञ्जेल सुरक्षा सुनिश्चित गर्न चार सय सशस्त्र फौज खटाउन चाहेको बताएका छन् । न्यू मेक्सिको र क्यालिफोर्निया राज्यहरूलाई पनि टेक्सस र एजिरोजना जस्तै कदम चाल्न भनिएको छ । आप्रवासनविरोधी कडा कदम चाल्ने नीति अनुरूप ट्रम्पले शुक्रवार \'क्याच एण्ड रिलिज\' भनिने पक्रने र छाडिदिने अभ्यास अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका थिए । ट्रम्प चाहन्छन्, गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई निकाला गर्ने वा नगर्ने विषयमा सुनुवाइ नहुञ्जेल उनीहरूलाई रिहा गर्नुको सट्टा थुनामा राखियोस् । राष्ट्रपतिले आफ्नो योजना कार्यान्वयनमा खटिने सैनिक लगायतबारे विस्तृत विवरण समेत मागेका छन् । गैरकानूनी आप्रवासनको विरोधमा गत सात दिनमा ट्रम्पले थुप्रै ट्वीटहरू गरेका छन् । जसमा उनले डेमोक्र्याट्सहरू \'खुल्ला सीमा, लागुऔषध र अपराध\' चाहेको आरोप लगाएका छन् । उनले गैरकानूनी आप्रवासविरूद्ध कडा कानून ल्याउन रिपब्लिकनहरू \'अब पारमाणविक विकल्पमा जानुपर्ने\' ट्विटरमार्फत घोषणा समेत गरेका छन् । राष्ट्रपति ट्रम्पले सीमामा गैरकानूनी आप्रवासीहरूको चहलपहल मेक्सिकोले नरोके उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता जोखिममा पर्न सक्ने चेतावनी पनि दिएका छन् । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: