Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रासायनिक हमलाः अमेरिका-रुसबीच आरोपप्रत्यारोप

\"\"अमेरिका र रुसबीच सिरियामा भएको भनिएको रासायनिक हमलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा आरोपप्रत्यारोप भएको छ । राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमा भएको घटना मञ्चन गरिएको र त्यसको जवाफस्वरूप अमेरिकाले गर्ने सैन्य कारबाहीले \'गम्भीर परिणाम\' निम्त्याउन सक्ने बताए । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाली सेनाका एक सहयोगी रुसको हातमा \'सिरियाका बालबालिकाको रगत\' भएको बताइन् । यसअघि संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुखले विश्व शक्तिहरूले रासायनिक अस्त्रको प्रयोगबारे \'सामूहिक रूपमा उदासीनता\' देखाइरहेको बताएका थिए । सोमवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमलाको घटनाप्रति \'बलपूर्वक\' जवाफ दिइने बताए । अमेरिकासँग थुप्रै सैन्य विकल्पहरू भएको बताउँदै ट्रम्पले \'आजै राति\' अथवा \'केहीबेरपछि\' एउटा निर्णय लिइने बताए। सिरियाली राष्ट्रपति बशर अल-असादलाई राक्षसको संज्ञा दिँदै राजदूत हेलीले यदि सुरक्षा परिषद्ले कदम नचाले अमेरिकाले प्रतिक्रिया जनाउने बताइन्। उनले भनिन्, \"हामी बोलिरहँदा बैठकहरू भइरहेका छन् र महत्त्वपूर्ण निर्णयको लेखाजोखा भइरहेको छ।\" जिम्मेवार वाशिङटनले सैन्य हमला गरिने कुरा अस्वीकार गरेको छैन। गत वर्षको एप्रिलमा विद्रोही नियन्त्रित खान शेखुन नगरमा विषाक्त ग्यास हमलाबाट ८० जनाभन्दा बढी मारिएपछि अमेरिकाले एउटा सिरियाली हवाई अखडामा क्रुज क्षेप्यास्त्र हानेको थियो। अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले ग्यास हमलाका लागि सिरियाली सरकार जिम्मेवार रहेको ठहर गरेका थिए। सिरियन-अमेरिकन मेडिकल सोसाइटीका अनुसार \'विषाक्त रसायनको असर देखिएका\' ५०० भन्दा बढी मानिसहरूलाई पूर्वी गुटाको डुमास्थित स्वास्थ्य केन्द्रहरूमा ल्याइएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending