Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गृह मन्त्रालयको 'एक्सन': ८ सय सुरक्षाकर्मी यसरी हुँदैछन् फिर्ता

\"\"काठमाडाैं । गृह मन्त्रालयले सुरक्षा प्रयोजन बाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई शुक्रबार निर्देशन दिएको हो । बहालवाला र कतिपय पूर्व विशिष्ट व्यक्तिहरुबाट नै सुरक्षाकर्मीहरुको दुरुपयोग भएको गुनासो माझ समयसिमा नै तोकेरै निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीले केहीदिन यतामात्र नीति विपरित खटिएका ५७ जना सुरक्षाकर्मी र २५ जना सवारी चालकलाई फिर्ता गरिसकिएको जनाएको छ । प्रधानमन्त्री र गृहमन्त्रीले पटक-पटक त्यस्ता सुरक्षाकर्मीलाई फिर्ता गर्न गरेको आग्रहलाई समेत बेवास्ता गरिएकोले गृह प्रशासन सुधार कार्ययोजनालाई कडाइपूर्वक लागू गरिएको बताइएको छ । सरकारले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी विद्यमान कार्यविधि अनुसार विभिन्न राजनीतिक दलका नेता, सरकारी उच्च पदस्थ कर्मचारी र अन्य विशिष्ठ व्यक्तिहरुलाई सुरक्षा जोखिम हेरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटाउँदै आएको छ । तर कतिपयले नियम विपरित सुरक्षाकर्मीलाई घरको बगैंचा वा भान्सामा कामदारको रुपमा राख्ने गरेको र कुनै सुरक्षा जोखिम नभएकाले समेत वर्षौंदेखि व्यक्तिगत सुरक्षाकर्मी राख्ने गरेको गृहमन्त्रालयको ठम्याइ छ । उक्त निर्देशन बारेमा गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, \'हामीले विशिष्ट सुरक्षा सम्बन्धी निर्देशिकाले निर्दिष्ट गरेको र त्यो भन्दा बढी संख्यामा रहेका र निर्णय नभइकन पनि राखिएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन दुबै सुरक्षा निकायलाई निर्देशन जारी गरेका छौं ।\' गृह मन्त्रालयले केही दिनअघि नियम विपरित खटिएका त्यस्ता सुरक्षाकर्मीको विवरण माग गरेको भएपनि चित्त बुझ्दो विवरण प्राप्त नभएपछि पुन: परिपत्र गरेको बताएको छ । नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थमात्रै झण्डै ३१५ जना रहेको गृह मन्त्रालयले जनाएको छ । निर्देशिका विपरित सुरक्षाकर्मी नखटाइएको बताउँदै नेपाल प्रहरीका प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज नेउपानेले भने, \'सुरक्षाकर्मीहरु भान्छा वा बगैंचाको काममा खटिएको मलाई जानकारी छैन, प्रहरीले व्यक्तिगत सुरक्षाका लागि भनेर मात्र खटाइएको हुन्छ। तर पनि केही नीतिभन्दा बाहिर खटिएका केही सुरक्षाकर्मीहरु फिर्ता हुने क्रम जारी छ ।\' सशस्त्र प्रहरी बलका करिब पाँचसय सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीको सुरक्षामा खटिएको गृह मन्त्रालयको भनाइ छ । नियम विपरित कसैलाई सुरक्षा नदिएको बताउँदै सशस्त्र प्रहरीका प्रवक्ता नायब प्रहरी महानिरीक्षक बाबुराम पाण्डेले भने, \'जसले सुरक्षा पाउनुपर्ने हो उहाँहरुले पाउनुपर्ने संख्यामा तलमाथि भएको हुनसक्छ । तर विशिष्टलाई सुरक्षा सम्बन्धी नियमावली विपरित खटाएको जस्तो लाग्दैन मलाई ।\' विशिष्ट व्यक्तिको व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मी अथवा पीएसओहरु बढिमा २ बर्ष मात्र खटिन पाउने मापदण्ड भएपनि कैयन सुरक्षाकर्मीहरुबाटै त्यसको पालना नभएको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending