ललितपुर, काठमाडौँबाट करिब २५ किमी दक्षिण देवीचौर गाविस–१ बुरुन्चुली पुग्दा भीमसेन आदर्श माविमा स्वास्थ्य शिविर चल्दै थियो ।
दक्षिण कोरियाका चिकित्सक नेपालीहरुसँग मिली स्वास्थ्योपचार गर्दै थिए । त्यहाँ साधारण, हाडजोर्नी र शल्यक्रिया कक्ष पनि खोलिएका थिए । मानिसहरु पङ्क्तिबद्ध भइरहेका थिए । उनीहरु आफ्नो नाम दर्ता गर्न र आफ्ना कुरा राख्न पत्रकारसँग राख्न हतारिएका थिए ।
चारुमती बुद्धविहार, चाबहिलले मलेसियाली व्यापारी एन्डी लि, एकाउन्टेन्ट चेङ इम र मलेसिया एयरलायन्सका कर्मचारी मिली तानको सहयोगमा औषधि, कम्बल तथा चाउचाउ र बिस्कुट वितरण गरेको थियो । भिक्षु चारुमती बुद्धविहारका प्रमुख भिक्षु तपस्वी धम्मको नेतृत्वमा भिक्षु बी श्रीविमल, समाजसेवी राजु शाक्य र बुरुन्चुलीकी भूकम्पपीडित सविना गोले तामाङ पनि राहत वितरणमा सहभागी थिए ।
शिविरमा भेटिएका अजु लामाले गाविसका सबै घर प्रभावित भए पनि वडा नं १ बढी प्रभावित भएको बताउनुभयो जहाँ ११० घरमा ध्वस्त ३० भए पनि प्रायः सबै बस्न नहुने जानकारी दिए ।
एक पसलमा भेटिएका दीपक तामाङले भने, \'गाविसभरि ५९९ घरधुरी छन्, ८५ प्रतिशत बस्नै नहुने छन्, सबै भत्काउनैपर्ने स्थिति छ ।\'
एक नं वडा नागरिक मञ्चका संयोजक शान्ता तामाङले गाविस, लुथरन, संयुक्त दर्शन नेपाल र व्यक्तिगत तवरबाट चामल, दाल, नुन, तेल, चिउरा, कम्बल, साबुन, मन्जन, प्याड र औषधि आएको र राहत बाँड्न निकै मुस्किल भए पनि मानिस र घरका अवस्था हेरी राहत वितरण गरिएको जानकारी दिए ।
उनले भने, \'अब राहतभन्दा पनि निर्माणमा समस्या छ, माटाको घर कुनै बस्नलायक छैन, बस्न डर लाग्छ, यहाँ १०–१२ घर मात्र पक्की छन्, बनाउँदा पनि डब्बल खर्च लाग्छ, घर छिटो बनोस्, बनाइयोस्, राहतभन्दा घर नै चाहियो ।\'
कमला थिङले आफूहरुले राहत नपाएको र छिमेकीसँग प्लास्टिक मागी छाप्रो हालेर बसेको बताइन् । \'हामी १२ घरले केही पाएका छैनौँ, बाहिर बाहिर दिएर गए ”उनले भनिन्, “घरमा बस्न डर लाग्छ, चामल एक बोरा पाइएको छ, छाप्रैमा पकाएर खाने गरेका छौँ ।\'
बालक बोकिरहेकी सम्झना ढिमुङले भने राहतको त्रिपाल नपाइएकाले गाडीको त्रिपाल मागेर घरकै पिँढी र आँगनमै गुजारा गरिरहेको जानकारी दिइन् ।
देवीचौरका धेरै बासिन्दा गाउँमा मकै छर्न गएकाले भूकम्पबाट बचेका रहेछन् । गाविसमा दुई जनामात्रको मृत्यु भएको बताइएको छ । पूर्णबहादुर तामाङले भने–\'बारी जोत्दै थिएँ, भूकम्प आएकाले बालबच्चा सबै मेरो जीउ समाएर बसे, अब बाँचिएको छ तर घर बनाउने सामान पाइएमा भूकम्पप्रतिरोधी एक तला मात्र घर बनाउने विचार छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: