Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

को हुन् क्युबाका भावी कम्युनिष्ट नेता डिआस-कनेल ?

\"\"क्युबामा क्यास्ट्रो परिवारको लामो समयदेखिको शासन अन्त्य गराउने गरी त्यहाँको संसद्‌ले राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआस-कनेललाई उनको उत्तराधिकारी हुने एक मात्र उम्मेदवारका रूपमा चयन गरेको छ । राउल क्यास्ट्रोले आफ्ना बिरामी दाइ फिडेलबाट सन् २००६ मा सत्ताको जिम्मेवारी पाएका थिए ।

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालदेखि अमेरिका-क्युबा सम्बन्धमा आउन थालेको सुधारमा अहिले आंशिक रूपमा अवरोध उत्पन्न भएको छ । कम्युनिष्ट शासन रहेको क्युबामा सत्ताबाट बाहिरिइसकेपछि पनि वर्तमान राष्ट्रपति क्यास्ट्रो शक्तिशाली रहिरहने अपेक्षा गरिएको छ । क्युबाको न्याशनल एसेम्बलीले डिआस-कनेलको उम्मेदवारीको पक्षमा मतदान गरे पनि स्थानीय समय अनुसार बिहीवारअघि नतिजा सार्वजनिक हुनेछैन । बिहीवार क्यास्ट्रोले औपचारिक रूपमा डिआस-कनेललाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । यद्यपि सन् २०२१ मा पार्टीको अर्को महाधिवेशन नहुञ्जेल क्यास्ट्रोले सत्तारूढ कम्युनिष्ट पार्टीको प्रमुख पद सम्हालिरहने छन् । बीबीसीका विल ग्राण्ट भन्छन्, क्युबाको नयाँ नेतृत्वले देशको अर्थतन्त्र निष्क्रिय रहेको र युवापुस्ता परिवर्तनको व्यग्र प्रतीक्षामा रहेको अवस्थामा पाउनेछ ।

को हुन् डिआस-कनेल ?

सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा डिआस-कनेल खासै चर्चित व्यक्तित्व थिएनन् । तर त्यसपछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भए । विगत पाँच वर्षयता डिआस-कनेललाई भावी राष्ट्रपति पद र सत्ता सम्हाल्नका लागि तयार पारिँदै थियो । तर उपराष्ट्रपति पदका लागि पहिलो पटक नाम चयन गरिनुअघि पनि ५७ वर्षीय डिआस-कनेलसँग लामो राजनीतिक अनुभव थियो । \"\" फिडेल क्यास्ट्रोले पहिलो पटक प्रधानमन्त्रीका रूपम शपथ लिनु केही समयअघि सन् १९६० को एप्रिलमा डिआस-कनेल जन्मिएका हुन् । इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका डिआस-कनेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति शुरू गरेका हुन् ।वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले डिआस-कनेलको \'सिद्धान्तप्रतिको निष्ठाको\' प्रशंसा गर्ने गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies