Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

किम जोनले पारमाणविक परीक्षण अहिले नै किन रोके ?

\"\"उत्तर कोरियाले तत्काल पारमाणविक र क्षेप्यास्त्र परीक्षण रोक्ने किम जङ-अनको घोषणा उनले दुईवटा महत्त्वपूर्ण कूटनीतिक घटनाका लागि तयारी गरिरहँदा आएको छ ।

यो कदमबाट उनले के हासिल गर्न खोजेका छन् भन्नेबारे विश्लेषक अंकित पांडाले खोतल्ने प्रयास गरेका छन् । उत्तर कोरियाको घोषणालाई पारमाणविक र लामो दुरीको क्षेप्यास्त्र परीक्षणको अन्त्यका रुप हेरेर निश्चयनै उल्लासपूर्ण समाचार शीर्षकहरू बन्नेछन् । तर उक्त मुलुकको ऐतिहासिक पृष्ठभूमि र उसको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमको सन्दर्भ हेर्दा ती अपेक्षा फिक्का हुन सक्छन् । पहिलो, पारमाणविक परीक्षणको प्रसङ्ग हेरौं । शनिवार जारी वक्तव्यले किम जङ-अनले स्वेच्छिक रुपमा परीक्षण रोक्न चालेको कदमको कारणबारे प्रष्ट पारेको छ । सन् २००६ यताका सबै छवटा पारमाणविक परीक्षणको स्थल उनले किन बन्द गर्दैछन् भने उनी आफ्नो मुलुकले पारमाणविक अस्त्रको प्रारुपमा विज्ञता हासिल गरेको महसुस गर्छन् । त्यसको पुष्टि गर्न कठिन छ तर त्यो दाबी पक्कै पनि बढाइचढाइ गरिएको वा अविश्वसनीय चाहिँ होइन । भारत र पाकिस्तानलाई हेरौं । सन् १९९८ सम्ममा ती दुवै मुलुकले छ/छ वटा पारमाणविक परीक्षण गरिसकेका थिए । अहिले ती मुलुक पारमाणविक अस्त्र भएकाहरूको सूचीमा गनिएका छन्, कुनै थप परीक्षणविना नै । पारमाणविक अस्त्रको प्रारुपसम्बन्धी ज्ञानमा अतिरिक्त आठ वर्ष पहुँच र छवटा पारमाणविक परीक्षणपछि उत्तर कोरियाले त्यस्तै महसुस गर्नसक्छ । क्षेप्यास्त्रको प्रसङ्गमा, ‍किमले अब अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण नगर्ने बताएका छन् । एकातिर यो आश्चर्यमा पार्ने खालको देखिन्छ । उत्तर कोरियाले परीक्षण गरेका कुल क्षेप्यास्त्रमध्ये तीनवटा मात्रै संयुक्त राज्य अमेरिकासम्म पुग्न सक्छन् । तर ती परीक्षणमा प्रयोग गरिएका कुनै पनि क्षेप्यास्त्र पारमाणविक प्रहारका लागि आवश्यक मार्गबाट प्रक्षेपित भएका थिएनन् । अमेरिकामा पारमाणविक आक्रमण गर्ने आफ्नो क्षमतामा विश्वस्त नहुने अवस्थासम्म उसले थप परीक्षण गर्नुपर्ने आवश्यक ठान्न सक्छ । तर उत्तर कोरियाको अन्य योजना पनि हुनसक्छन् । जस्तै, अमेरिकालाई प्राविधिक रुपमा धम्क्याउन आवश्यक सबै कुरा उसले हासिल गरेको त छ तर ऊसँग क्षेप्यास्त्र प्रहार गर्न सीमित संख्यामामात्रै \'लन्चर\'हरू हुनसक्छन् । अहिले अन्तरदेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्न उत्तर कोरियासँग सम्भवत: छवटा साधनमात्रै छन् । परीक्षण स्थगन गर्ने विषयका आफ्नै सीमितता छन् । उत्तर कोरियाली घोषणा पुङगे-री पारमाणविक परीक्षणस्थलमा केही काम गरेर विश्वसनीय बनाउन सकिन्छ । जस्तै, उत्तर कोरियाले आफ्ना परीक्षण सुरुङ नष्ट गर्नसक्छ। तर शनिवार जारी वक्तव्यमा उसले उक्त स्थल केवल \'खण्डित\' गर्नेमात्रै बताएको छ। क्षेप्यास्त्रसँग जोडिरहे उत्तर कोरियाले स्वघोषित प्रतिबन्ध तोडिरहनसक्छ। सन् १९९९ मा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण स्थगन गरेको थियो। तर सन् २००६ मा आएर उसले तोड्यो। शनिवार किम जङ-अनले प्रष्ट रुपमा भनेका छन् कि, पारमाणविक परीक्षणको अन्त्यसँगै उनी \"शक्तिशाली समाजवादी अर्थतन्त्र बनाउन र जनताको जीवनस्तर उठाउन\" काम गर्नेछन्। यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ किनकि यो उद्देश्य प्राप्तिका लागि उसले अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक प्रतिबन्धहरूबाट मुक्त हुन खोज्नेछ। अमेरिका र दक्षिण कोरियासँगका बहुप्रतीक्षित शिखर वार्ताअघि उत्तर कोरियाको पछिल्लो कदम आएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्नुअघि नै किम किन यति लचिलो भएका हुन् भनेर कतिलाई आश्चर्य लाग्न सक्छ। जवाफ सजिलो छ: अमेरिकी राष्ट्रपतिसँगको शिखर वार्ता आफैमा एउटा पुरस्कार हो। किमका लागि यो हजुरबुबा वा बुबाले हासिल गर्न नसकेको विषय हो। राष्ट्रपति ट्रम्पले समेत किमको कदमलाई \"ठूलो प्रगति\" भनी व्याख्या गरेका छन्।तर जति छिटो किमको उद्देश्य उनले पहिचान गर्छन् त्यतिनै उनका लागि हितकर हुनेछ। बीबीसी अंकित पांडा \'फेडेरेशन अफ अमेरिकन साइन्टिस्टस\'मा आवद्ध छन् र \'द डिप्लोम्याट\'का वरिष्ठ सम्पादक हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending