Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

बढ्दो तनाव समाधान गर्न पुटिन र ट्रम्पबीच वार्ता हुदैं

\"\"मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको रूसी विदेश मन्त्रालयले जनाएको छ । तर मस्कोले अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा रहेको रूसी विदेश मन्त्रालयले बताएको छ । ट्रम्पले पुटिनसँग गत मार्च २० मा भएको टेलिफोन वार्तामा ह्वाइट हाउसमा भेट गर्नका लागि प्रस्ताव गरेको बिषयलाई रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले विदेशमन्त्रालयको वेवसाइटमा प्रकाशितएक अन्तवार्तामा बताउनुभएको छ । लाभरोभले भन्नुभयो, “अमेरिकाले निमन्त्रणाको बिषयलाई प्रष्टरूपमा प्रस्तुत गरोस् ।” ट्रम्प र पुटिनबीचको वार्तापछि सोही दिन अमेरिकी राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुराकानी गरी आफूले पुटिनलाई ‘ढिलो नगरी’ भेट्न चाहेको बताउनुभएको बिषयलाई लाभरोभले स्मरण गर्नुभयो । क्रेमलिनका सहयोगी यूरी उसाकोभले यसै महिनाको शुरूमा मार्चपछि दुई राष्ट्रपतिको भेटका बिषयमा कुनै छलफल नभएको बताउनुभएको थियो । अमेरिकाले रसियामाथि लगाएको नयाँ चरणको नाकावन्दी र सिरियामा अमेरिकी नेतृत्वमा भएको हवाई हमलाले पुटिन र ट्रम्पबीच हुने भनिएको वार्तालाई अनिश्चिल बनाइदिएको छ । रूस र अमेरिकाबीचको सैन्य विवादलाई ट्रम्प र पुटिनले सशस्त्र युद्धमा परिणत हुन नदिने दृढ विश्वास लाभरोभले बताउनुभएको छ । लाभरोभले भन्नुभयो, “ट्रम्पले ट्वीटरमा रूस र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि इच्छा व्यक्त गर्नुभएको छ । ”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies