निकारागुवाका राष्ट्रपति डानियल ओर्टेगाले देशभर हिंसात्मक प्रदर्शनहरू निम्त्याएको सामाजिक सुरक्षा सुधार सम्बन्धी कदमहरू फिर्ता लिएका छन् ।
उनले निजी क्षेत्रलाई वार्तामा संलग्न हुन पुन: आग्रह गर्दै हिंसा रोक्न अपिल गरेका छन् । तर निजी क्षेत्रका नेताहरूले सरकारले विपक्षीहरूमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् । बुधवार निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा भएपछि लाभग्राही र विद्यार्थीहरू सडकमा निस्किए यता भएका हिंसात्मक प्रदर्शनमा निकरागुवामा कम्तीमा २५ जना मारिएको अधिकारवादी समूहहरूले जनाएका छन् । अन्तत: राष्ट्रपति डानियल ओर्टेगालाई सरकारको निर्णय फिर्ता लिनु एकमात्रै उपलब्ध समाधान भएको लागे जस्तो देखिन्छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै उनले कैयौँ मानिसको ज्यान समेत लिने गरी व्यापक विरोध निम्त्याएको सामाजिक सुरक्षा प्रणालीतर्फका सुधारका कदमहरू फिर्ता लिएको जनाए । \'आइएनएसएस\' भनिएको उक्त आदेशले मूख्य रुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको थियो । विद्यार्थी समूहदेखि विपक्षीहरू समेत ओर्टेगा सरकारकोविरुद्ध उभिएका थिए । पछिल्लो निर्णयले अमनचयन सुनिश्चित गर्ने राष्ट्रपति ओर्टेगाले विश्वास लिएका छन् । तर उनले सुरक्षा कायम गर्न सडकमा सेना समेत परिचालन गरिसकेका छन् । उनका आलोचकहरूले सरकारी निर्णय एकदमै ढिला आएको र सरकारले पछिल्लो संकटलाई राम्ररी सम्बोधन नगरेको बताउने गरेका छन् । विल ग्रान्ट भन्छन् राष्ट्रपति ओर्टेगाको राजीनामा मागिरहेका प्रदर्शनकारीहरूलाई शान्त पार्न पछिल्लो कदम पर्याप्त हुन्छ हुँदैन भन्ने चाँडै स्पष्ट हुनेछ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: