Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

दैवीप्रकोप कोषमा एशियाली विकास बैंकको ३० लाख डलर

काठमाडौं, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार एशियाली विकास बैंक, सूर्य नेपाल ,एभरेष्ट बैंक र सिल्भर हेरिटेजले सहयोग रकम प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् । एशियाली विकास बैकका कन्ट्री डाइरेक्टर केनिची योकोयामाले बैंकका तर्फबाट दिइएको ३० लाख डलर सहयोग प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा अप्रत्याशित रुपमा आएको विकाशकारी भूकम्पबाट पीडित भएका नेपालीहरुलाई सहयोग गरेकोमा एशियाली विकास बैंकलाई धन्यवाद दिए । सो अवसरमा नेपालका आवासीय राष्ट्रिय प्रतिनिधि योकोयामाले एशियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले नेपालमा आएको विनाशकारी भूकम्पमा परी मृत्युवरण गरेका नेपाली र भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीहरुप्रति सहानुभूति र स्वजन गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको समवेदना सन्देश पनि हस्तान्तरण गरे । सो सन्देशमा अध्यक्ष नाकाओले यस दुःखद घडीमा एशियाली विकास बंैक नेपाली जनता र सरकारको साथ रहेको उल्लेख गर्दै भूकम्पको क्षतिको विवरण लिएपछिका राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सहयोग गर्ने विश्वास दिलाए । सो कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महत, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार सुबीर खनाल, परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराइ,अर्थसचिव सुमन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्ले लगायत उपस्थित थिए । सूर्य नेपालको १० करोड सोबारै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  सूर्य नेपालका तर्फबाट १० करोड रुपैयाँ प्रदान गरिएको छ । कम्पनीका कार्यकारी अधिकृत रवि केसीले रु १० करोडको चेक प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । एभरेष्टले दियो ५० लाख त्यसैगरी सोमबार नै एभरेष्ट बैंकले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ । बैकका सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलगायतले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया पनि उपस्थित थिए । सिल्भर हेरिटेजको २२ लाख सोमबार नै प्रधानमन्त्री राहत कोषमा सिल्भर हेरिटेज प्रालिले प्रधानमन्त्री राहत कोषमा २२ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका ह्यूह होल्मले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending