Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

तहसनहस दोलखा : अर्काे भूकम्पको केन्द्रविन्दु

काठमाडौं, मंगलबार दिउँसो आएको दोस्रो ठूलो भूकम्पले यसपटकको केन्द्रविन्दु दोलखालाई झन् बढी तहसनहस पारेको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर वैशाख १२ गते गएको भूकम्पकै कारण अस्तव्यस्त बन्न पुगेको दोलखालाई नै केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पले क्षतविक्षत नै तुल्याएको छ । बुधबार बिहानसम्म प्राप्त जानकारीअनुसार दोलखामा मात्रै ४२ जनाको ज्यान गइसकेको छ भने १ सय ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार मंगलबार मृत्यु भएकामध्ये ३६ जनाको सनाखत भैसकेको छ । जिल्ला प्रहरी कार्यालयले नै खबरडबलीलाई जनाएअनुसा सदरमुकाम चरिकोटका अधिकांश घरहरु भग्नावशेषमा परिणत भएका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी अजय केसीले बुधबार बिहान खबरडबलीलाई दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या ५५ नाघ्न सक्ने देखिएको छ । वैशाख १२ कै भूकम्पको निरन्तर पराकम्पनका कारण मानिसहरु सचेत अवस्थामै रहेको हुँदा अघिल्लोपटक भन्दा ठूला झड्का जाँदा समेत पहिलेको तुलनामा मृतकको संख्या बढी नभए पनि यसअघि आंशिक क्षतिग्रस्त भएका अधिकांश घरहरुलाई पछिल्लो भूकम्पले पूर्णरुपमै भग्नावशेषमा परिणत गरिदिएको हो । अमेरिकी हेलिकप्टर बेपत्ता : खोजीकार्य तीव्र दोस्रो ठूलो भूकम्पपछि दोलखामा खोजी तथा उद्धारकार्यमा लागेको बताइएको अमेरिकी हेलिकप्टर मंगलबार दिउँसैदेखि बेपत्ता भएको छ । उक्त हेलिकम्पटरबारे अझैसम्म कुनै जानकारी पाउन सकिएको छैन । नेपाली सेनाका कर्णेल विश्वासविक्रम शाहसहितको टोली अहिलेसम्म हेलिकप्टरको खोजीमा सक्रिय रहेको नेपाली सेनाले जनाएको छ । शाहले खबरडबलीलाई दिएको जानकारीअनुसार गोंगर–चरिकोटबीचको अज्ञात स्थलमा हेलिकप्टर हराइरहेको सूचना पाइएकाले त्यसै क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । ओखलढुंगामा पनि ठूलो क्षति मंगलबारको भूकम्पबाट त्यसको केन्द्रविन्दु दोलखाको छिमेकी जिल्ला ओखलढुंगामा पनि ठूलो क्षति पुगेको छ । हालसम्म प्राप्त प्रारम्भिक जानकारीअनुसार मंगलबार ६ जना घाइते भएका छन् भने झन्डै ३ सय घरहरुमा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । घाइतेहरु स्थानीय सामुदायिक अस्पताल सोब्रुमा उपचार गराई घर फर्किएका छन् भने गम्भीर घाइते ३ जनाको उपचार भैरहेको छ । ओखलढुंगा प्रहरीप्रमुख डीएसपी डम्बर विश्वकर्माका अनुसार यसअघिको भूकम्पमा परी क्षतिग्रस्त भएका घरहरु यसपटक पूर्णरुपमै भग्नावशेषमा परिणत भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending