Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

महोत्तरीका किसानलाई वर्षाले राहत, बर्खेबाली लगाउने व्यस्तता

बर्दिवास । माटो गाल्नेगरी पानी परेपछि महोत्तरी जिल्लाका किसान बर्खेबाली लगाउन व्यस्त छन् । आइतबार बिहानदेखि आज बिहानसम्म परेको पानीले खेतबारीमा पर्याप्त चिस्यान भएपछि जिल्लाका किसान बर्खे बाली लगाउने तयारीमा लागेका हुन् । बर्खे मकै, कोदो, जुनेलोलगायतका बाली लगाउन ढिलो भइरहेका बेला आइतबार र सोमबार माटो गालेर पानी परेपछि जिल्लाको उत्तर क्षेत्रका किसानको व्यस्तता बढेको छ । मकै, कोदो र जुनेलोलगायतको बाली लगाउनुका साथै जिल्लाको बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा बर्खे धानको ब्याड राख्न परेको यस भेगका किसानले बताएका हुन् । ‘वैशाख पहिलो साताभित्रै लगाइन पर्ने मकै, कोदो, जुनेलो र धानको ब्याड राख्ने काम चिस्यानको कमीले गर्न सकिएको थिएन’, बर्दिवास–१३ का किसान रामविलास सिंह कुशवाहाले भने, ‘वैशाख तेस्रो साता लागेपछि बालीनाली लगाउन पर्याप्त चिस्यान हुने पानी परेको छ, त्यसैले हाम्रो व्यस्तता बढेको हो ।’ जिल्लामा करीब ७० हजार हेक्टर जग्गा खेतीयोग्य भए पनि स्थायी सिँचाइ सुविधा छ हजार हेक्टरमा मात्र छ । धेरै जग्गा आकाशे पानीकै भरमा खेती गरिने भएकाले पानी पर्नासाथ सबैतिर एकैपटक खेतीपातीको व्यस्तता बढ्ने गरेको जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश विराजीले बताए । जिल्लाको उत्तरी क्षेत्रमा पछिल्लो वर्षापछि किसान बर्खे बाली लगाउन र मध्य र दक्षिणी क्षेत्रका किसान चर्को घामले खरपट्ट धजा फाटेको जग्गा पानीले गलाएपछि खनजोतमा व्यस्त देखिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हिउँदे धानको खरुवन (कलम) लगाउन पनि ब्याडको तयारीमा किसान लागेका छन् । दक्षिणी क्षेत्रमा भने वर्षेनी डुबानको समस्या हुने भएकाले ढिलो धान रोपार्इं गर्नुपर्ने बाध्यता छ । जिल्लाको लगभग सबै भेगमा परेको पानी वैशाखी तरकारी र फलपूmल बालीका लागि पनि अमृतसरह भएको किसान बताउँछन् । यही चिस्यानमा बर्खे तरकारी बाली लगाउन पनि धमाधममा किसान देखिएका छन् । पछिल्लो वर्षाले अब खेतबारी र चौर, गौचरन क्षेत्रमा घाँस पलाउने आशले पशुपालक किसानमा पनि खुशी छाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending