Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मोदीको स्वागतमा भव्य तयारीः जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् । २८ र २९ वैशाखमा मोदी नेपाल आउने तय भएको छ । नेपालसँग नाकाबन्दीपछि निम्तिएको तीतोपना पूर्ण रूपमा मेटाउने उपाय दिल्लीमा राजनीतिक र प्रशासनिकस्तरमा भइरहेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–भ्रमणमा मोदीले दिने भनिएको आकर्षक सहयोग प्याकेज के गर्ने अझै निश्चित भइसकेको छैन । भारतको नेपाल नीतिका जानकार डा. निहार नायकका अनुसार मोदीको पहिलो नेपाल भ्रमण (२०७१ साउन)को जस्तो सम्बन्ध नेपालसँग बनाउने गरी दिल्लीमा कसरत भइरहेको छ । ‘भारतले नेपाल मात्र होइन, समग्र छिमेक नीतिकै समीक्षा गरिरहेको छ । प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि नेपालसहितका अन्य देशमा होइन, अब पाकिस्तानसँग पनि सम्बन्धमा नयाँपन आउने सम्भावना देखिन थालेको छ,’ नायकले भने । आगामी अगस्टमा सांघाई कोअपरेसन अर्गनाइजेसनको आयोजनामा रुसमा भारत र पाकिस्तान संयुक्त सैन्य परेडमा सहभागी हुने तय भएको छ । यसलाई भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेतका रूपमा बुझ्नुपर्ने र यसबाट भारतको दक्षिण एसिया नीतिमा नै परिवर्तन आउन सक्ने अर्थमा बुझ्नुपर्ने नायक बताउँछन् । जानकारहरूका अनुसार छिमेकसँग सम्बन्ध सुधारका लागि मोदी सरकारमाथि भारतभित्रै चर्को दबाब बढेको छ । दक्षिण कोरिया र उत्तर कोरियाको पछिल्लो वार्ताले भारत र पाकिस्तान सम्बन्ध सुधारमा थप दबाब सिर्जना गरेको बुझाइ जानकारहरूको छ । चीन मामिलाविज्ञ विजयकेशव गोखले विदेशसचिव बनेपछि मोदी सरकारको चीन नीतिमा पनि देखिने गरी सुधार आएको छ । चीनसँगको सम्बन्धले भारतको समग्र छिमेक नीति र विशेषगरी नेपाल नीतिमा पनि दीर्घकालीन परिवर्तन आउने नायकको विश्लेषण छ । ‘०७१ मा भारतीय प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मोदीले पारेको सकारात्मक प्रभाव पुनस्र्थापना गर्न चाहन्छन्,’ नेपाल भारत सम्बन्धका अर्का जानकार पूर्वमेजर जनरल अशोक मेहताले नयाँ पत्रिकासँग भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending