Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भ्याटिकनका कार्डिनललाई यौन दुर्व्यवहारका दुई मुद्दा

यौन दुर्व्यवहारको आरोप खेप्ने सबै भन्दा उच्च रोमन क्याथोलिक कार्डिनल जर्ज पेलविरुद्ध अष्ट्रेलियामा दुई वटा अलग अलग मुद्दा लगाइने भएको छ ।

मेलबर्नमा भएको संक्षिप्त सुनवाइपछि वादी र प्रतिवादी दुवै पक्षले ७६ वर्षिय पेलले सन् १९७० को दशकमा उनी पादरी हुँदा बलाराटमा भएको भनिएको एउटा घटना र त्यसको २० वर्षपछि मेलबर्नमा आर्कविसप रहँदाको समयमा लगाइएको अर्को आरोपलाई लिएर मुद्दाको सामना गर्नुपर्नेमा सहमति जनाएका हुन् । हालसम्म कुनै पनि मुद्दाको पुर्पक्षको समय भने तय भएको छैन् । भ्याटिकनका आर्थिक मामिला व्यवस्थापक रहेका पेलले आफू निर्दोष रहेको बताएका छन् । तर कार्डिनलको कानुनी टोलीले ती मुद्दाहरूको कारबाही तुरून्तै अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले भनेका छन्, \"हाम्रो पक्ष ७६ वर्ष पुगिसक्नुभएको छ र सबै जनाले आफ्नो जिवन अघि बढाउन पाउनुपर्छ ।\" अर्को सुनवाई मे १६ का लागि तोकिएको छ जसले मुद्दाहरूमा कारबाही अघि बढाउन मितिको निर्क्यौल गर्नसक्ने ठानिएको छ । गएको जुन महिनामा भिक्टोरियाका प्रहरीहरूले पुराना घटनाहरूसँग सम्बन्धित एक भन्दा बढी उजुरी परेको भन्दै कार्डिनल पेल विरुद्ध अभियोग दायर गरेका थिए । \'कमिटल\' भनिने प्रारम्भिक अदालती सुनवाइका क्रममा ३० जना भन्दा बढीले बयान दिएका थिए । मार्चदेखी ४ हप्तासम्म चलेको उक्त यौन दुर्व्यवहारको आरोपबारेको सुनवाइको कारबाही प्रचलनमा रहे जस्तै सर्वसाधारणका लागि निषेध गरिएको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending