Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सिन्डिकेटविरुद्ध सरकारः वार्ता गर्न यातायात व्यवसायी तयार

काठमाडौं । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् । वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा गर्दै उनीहरुले हरेक क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य गरेर लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गरी आधुनिक नेपाल निर्माणमा हातेमालो गर्न आफूहरु तयार रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले सार्वजनिक यातायात खुल्ला प्रतिस्पर्धामा चल्नुपर्छ भन्ने मान्यता आफूहरुको रहेको उल्लेख गर्दै सिण्डिकेट अन्त्यगर्ने सरकारको कदममा आफुहरुको सहमति सहमति रहेको बताए । पुराना गाडी कम्पनीमा लैजानुपर्ने सरकारको भनाइप्रति विरोध रहेको बताउँदै उहाँले यातायात व्यवसायी र सरकारबीच वार्ता र संवादको माध्यमबाट सिन्डिकेटको समस्या समाधान हुने बताए । गणतान्त्रिक यातायात व्यवसायी संगठनका संयोजक दधिराम खरेलले असार मसान्तपछि यातायात समिति नवीकरण नगर्ने सरकारको निर्णय एकपछि अर्को भएको उल्लेख गर्दै यो निर्णयले यातायात व्यवसायीलाई आतङ्कित पारेको बताए । २००७ मा गाडीका पार्टपूर्जा बोकेर ल्याई शुरु गरेको यातायात क्षेत्रमा निम्नमध्यम वर्गको रु १० खर्ब भन्दा बढी लगानी रहेको र ४० लाख भन्दा बढी मजदुर यस क्षेत्रमा कार्यरत रहेको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending