Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भूकम्पबाट होटलहरु ध्वस्त भएपछि नगरकोट सुनसान

भक्तपुर, हरेक वर्ष अहिलेको समयमा पर्यटकको आगमनले खचाखच हुने नगरकोट अहिले पर्यटकबिना सुनसान छ । सधैँ पर्यटकको चहलपहल रहने नगरकोटमा विनाशकारी भूकम्पले यहाँका अधिकांश होटल भत्किएपछि नगरकोट सुनसान भएको हो । भूकम्पले भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा पर्ने पर्यटकीय स्थल नगरकोटमा सञ्चालनमा रहेका दर्जनौँ होटल तथा रिसोर्ट भग्नावशेषमा परिणत भएपछि पर्यटकको आगमनसमेत भएको छैन । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अनुसार नगरकोटका १२ ठूला होटल पूर्ण रुपमा भत्किएर बस्न नमिल्ने भएका छन् । अन्य सातवटा होटलमा पनि क्षति पुगेको समितिका अध्यक्ष दीपक लामिछानेले बताए । यहाँको होटेल स्नोम्यान, स्पेस माउन्टेन, नाल्दुम भिलेज रिसोर्ट, भ्यू प्वाइन्ट, ग्रिन भ्याली, पानोरमा भ्यू र द फोर्ट रिसोर्ट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उन्काई रिसोर्ट, द निभा प्रालि, चौतारी, क्लब हिमालयलगायतका होटलमा समेत भूकम्पले केही क्षति पु¥याएको छ । होटल व्यवसायीले क्षति पुगेका यी होटल पुनः सञ्चालनमा ल्याउन नसकिने भएको बताएका छन् । होटेल व्यवसायी श्याम कायस्थले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै आएको नगरकोटमा भूकम्पले क्षति पु¥याएपछि होटल सञ्चालनमा समस्या आएको बताए । अधिकांश स्थानीयवासीको रोजगारीको गन्तव्यसमेत रहेको नगरकोटका होटेलमा कार्यरत मजदुरको रोजीरोटीसमेत भूकम्पले खोसेको छ । यहाँका होटेल बन्द भएपछि घर फर्किएका मजदुरको घरसमेत भत्किएर ध्वस्त भएपछि अहिले उनीहरु यता न उताको भएको स्थानीयवासी धनबहादुर लामाले बताए । ‘भूकम्पबाट यहाँका होटल व्यवसायीलाई करोडौँको नोक्सानी भएको छ’– उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending