Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यसरी टर्दैछ एमाले-माअोवादी पार्टी एकता !

काठमाडाैं । ८ महिनाअघिदेखि एकताको बारेमा छलफल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्काललाई टरेको छ । पछिल्लो समय एकता प्रक्रिया अघि बढाउनेबारे दुवै पार्टीका प्रमुख नेताहरुबीच कुनै छलफल हुन सकेका छैनन् । दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकताको विषयमा अहिले केही मतभिन्नताहरु रहेको स्रोतको दाबी छ ।  प्रचण्डले एमालेसँग सम्मानजनक र समानताको आधारमा एकता हुनुपर्ने अडान राखेका छन् । तर एमालेले उक्त कुरा स्वीकार गरेका छन् । केहि दिनअघि देखि माअोवादी र एमाले नेताहरूको घोचपेच पनि शुरू हुन थालेको छ । केहिदिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउँदा भएको कार्यक्रममा पनि माअोवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलार्इ उपस्थित गराइएको थिएन । अझ अरूण जलविद्युत अायोजनाको उदघाटन कार्यक्रममासमेत माअोवादीका उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनलाइ जानकारी नदिएको दिएको समाचार सार्वजनिक भइसकेको छ । पछिल्लो समय बजेटमासमेत अोलीले एकलाैटी गर्न खोजेको माअोवादीका नेताहरूको अारोप छ । माअोवादीबाट सहभागी मन्त्रीहरूले पार्टी अध्यक्ष प्रचण्डलाइ अोलीसँग एक पटक कुरा गर्न सुझाएका छन् । अोलीले जसरी पनि एकलाैटी निर्णय गर्दै अाएको माअोवादीबाट सहभागी एक मन्त्रीले जानकारी दिए । एमाले अध्यक्ष ओलीले एकता महाधिवेशनपछि अध्यक्षमा माधव कुमार नेपाललाई उठाउने तयारी गरेसँगै प्रचण्डले ओलीसँग असन्तुष्टी पोखेको स्रोतले बतायो । प्रचण्डले एकतापछिको कि अध्यक्ष कि प्रधानमन्त्री माअोवादीलार्इ दिनुपर्ने बताइरहेका छन् ।  प्रधानमन्त्रीमा ओलापालो र एकता महाधिवेशनसम्म दुवै जना अध्यक्ष रहनुपर्ने प्रचण्डको अडान छ । तर, यसमा ओली भने सहमत हुन सकेका छैनन् । प्रचण्ड अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूलाई सुरक्षित नभएसम्म एकता गर्ने पक्षमा छैनन् । दुवै दलका नेताहरुले एकताको मिति तोक्दै आएका छन् । तर, उनीहरुले सार्वजनिक गरेको एकता गर्ने भनिएका मितिहरु त्यतिकै गुज्रिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending