Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

फेसबुकले नेताहरूको लागि ल्यायो विशेष सुविधा

फेसबुकले भारतको लागि विशेष सुविधा दिने घोषणा गरेको छ । उक्त घोषणा अनुसार उसले राजनीतिज्ञ र राजनीतिक पार्टीहरूका लागि ‘साइबर थ्रेट क्राइसिस’ इमेल हटलाइन ल्याउने भएको हो । प्रयोगकर्ताहरूको विवरण चुहिएको भन्ने कुरा सार्वजनिक भएपछि विवादित भएको फेसबुकले यस्तो घोषणा गरेको हो । संसारकै सबैभन्दा ठुलो सामाजिक संजालको रूपमा रहेको फेसबुकले भारतकै लागि एउटा ‘इलेक्शन इंटिग्रिटी’ माइक्रोसाइटमा समेत काम गरिरहेको जनाएको छ । फेसबुकले साइबर सुरक्षा सम्बन्धित कुनै पनि मामिलामा भारत सरकार र उसको सूचना प्रविधि मन्त्रालय अन्तर्गत काम गर्ने कम्प्युटर आपातकालीन प्रतिक्रिया समूह र प्रभावित अकाउन्टवालाले यस सम्बन्धी गुनासो सम्बोधन गर्न विशेष इमेल बनाइएको जनाएको छ । यसका अतिरिक्त कमपनीले राजनीतिक अकाउन्टका लागि ‘साइबर सुरक्षा निर्देशिका’ समेत जारी गरेको छ । यस निर्देशिकामा आधारभूत सुरक्षा विधि जस्तै ‘टु स्टेप अथेन्टिकेसन’ र संदिग्ध लिंकमा क्लिक नगर्ने जस्ता सुझावहरू दिइएका छन् । भारतको केन्द्र सरकारले कम्पनीका संस्थापक मार्क जुकरबर्गसँग यस सुविधाबाट प्रयोगकर्ताको गोप्यता र निर्वाचन प्रभावित हुने नहुने सम्बन्धी कुरामा जवाफ मागेको थियो । जुकरबर्गले भारत सरकारलाइ जवाफ दिएको एक दिनपछि कम्पनीले यो घोषणा गरेको हो । फेसबुकका एक अधिकारीका अनुसार, “निर्वाचनका क्रममा केही मान्छेहरूले ठुला राजनीतिक नेताहरू र दलहरूलाई निशाना बनाउन सक्छन् । यस्तो अवस्थामा अकाउन्ट सुरक्षित गर्न नै यो निर्देशिका जारी गरेको हो ।” ती अधिकारीले अगाडि थपे, “साथै यस्ता मामिलामा तुरन्त सहायताको लागि विशेष साइबर थ्रेट क्राइसिस इमेल समेत सार्वजनिक गरिएको हो । र यो सबै भारतमा निष्पक्ष निर्वाचन गराउन गरेको पहलकै एक भाग हो ।” फेसबुकका भारत स्थित कार्यालयका सार्वजनिक नीति निर्देशक अंखी दास भन्छन्, “हामीहरू एउटा इलेक्सन इंटिग्रिटी माइक्रोसाइटमाथि काम गरिराखेका छौं । यसको साथै कम्पनीले ‘फेक न्युज’लाई भाइरल हुनबाट रोक्ने उपायहरू बारे समेत सोचिरहेको छ । फेसबुकले भारतमा २०१९ मा हुने आम निर्वाचनमा कुनै पनि नेताले फेसबुक मार्फत चुनाव प्रचार गर्नका लागि स्पोंसरशिप बारे स्पष्ट भन्नुपर्ने घोषणा गरिसकेको छ ।  यसले यस्तो प्रचार अभियान कसले समर्थन र प्रायोजन गरिराखेको छ भन्ने समेत थाहा हुनेछ । गत महिना मात्रै फेसबुकले भारतमा मात्रै ५ लाख ६२ हजार प्रयोगकर्ताको डाटा लीक भएको कुरा स्वीकार गरेको थियो ।   त्यसपछि भारत सरकारले यसबारे फेसबुकसँग चासो व्यक्त गर्दै आइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending