Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ–कृषिमन्त्री

काठमाडौं, कृषि विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुग्दो मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ । खेतीपातीको मौसम भएकाले रासायनिक मलको अभाव नहुँने समेत सो मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार कृषि सामग्री संस्थान लिमिटेडमा युरिया मल १० हजार दुई सय ४९ टन मौज्दात रहेको छ भने डिएपी ३२ हजार तीन सय ९६ मेट्रिक टन र पोटास पाँच हजार छ सय २४ मेट्रिक टन रहेको छ । यस्तै साल्ट टे«डिङ मा २३ हजार तीन सय ८४ मेट्रिक टन युरिया, १२ हजार चार सय ६९ मेट्रिक टन डिएपी र दुई हजार चार सय ६२ मेट्रिक टन पोटास मौज्दात रहेको छ । भूकम्प प्रभावित जिल्लामा रासायनिक मल अभाव हुन नदिन सरकारले विशेष ध्यान दिएको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले बताए । बढी प्रभावित १४ जिल्लामा विशेष रुपमा ध्यान दिइएको र अन्य जिल्लालाई पनि विशेष आधारमा रासायनिक मल उपलब्ध गराउन सम्बन्धित निकायलाई विशेष निर्देशन दिइएको उनले बताए । मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडले ल्याउँदै गरेको करिब ३५ हजार मेट्रिक टन युरिया मल स्थलमार्गबाट ल्याइँदै गरेको जनाएको छ । भूकम्प प्रभावित जिल्लालाई विशेष ध्यान दिँदै अन्य जिल्लालाई पनि पुग्दो मात्रामा रासायनिक मल उपलब्ध गराइने मन्त्री पराजुलीको भनाइ छ । खेतीपातीको समय आएकाले मल अभाव हुन नदिन मन्त्रालयले विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री पराजुलीले बीउको अभाव हुन नदिन पनि भूकम्प प्रभावित जिल्लामा निःशुल्क उपलब्ध गराइने जानकारी दिए । भूकम्पबाट करिब सात अर्ब बराबरको पशुधन, कृषि उपज र पशुपक्षी क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ । काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र नुवाकोटमा सबैभन्दा बढी पशुधन क्षति भएकाले दूध तथा दूग्धजन्य पदार्थको समेत अभाव हुने देखिएको छ । भूकम्प प्रभावित जिल्लाका किसानले समेत पशुधन क्षति भएकाले त्यसले आर्थिक अवस्थामा समेत प्रतिकुल प्रभाव पार्ने बताउँदै आएका छन् । जनधनको क्षतिसँगै पशुधन तथा कृषि उपजको क्षति सबैभन्दा जटिल देखिएकाले त्यसलाई पूर्ति गर्नका लागि भारत, चीनलगायतका मुलुकसँग सहयोगका लागि आग्रह गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies