Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

अमेरिकी गुप्तर निकाय सीआईएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ ।

सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो । राष्ट्रपति बुसको कार्यकालमा सीआईएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो । सीआईएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन् । उनी अघिका सीआईए प्रमुख माइक पोम्पेओले विदेशमन्त्री बन्न पद छाडेका थिए । भियतनामको जेलमा पाँच वर्षभन्दा बढी अवधि बिताएका रिपब्लिकन सिनेटर जोन मक्केनले यसअघि राष्ट्रपतिको मनोनयन प्रति आफ्नो विरोध रहेको बताएका थिए । बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे । त्यसमध्येका एक भर्जिनियाका सिनेटर मार्क वार्नरले ह्यास्पेलले सिआइएले त्यस्तो खालको केरकार कार्यक्रम सञ्चालन नगरेको भए उपयुक्त हुने धारणा आफूसँग राखेको बताए । उनका अनुसार राष्ट्रपतिले आदेश दिएपनि भावी दिनमा आफूले त्यस्तो यातनाका शैलीहरू नअपनाउने बताइन् । दूई जना रिपब्लिकनले उनको विपक्षमा मत हालेकाले डिमोक्र्याटहरूको समर्थनविना उनको मनोनयन स्वीकृत हुनसक्ने अवस्था थिएन । सीआईएमा ३३ वर्ष काम गरेकी ह्यास्पेलले अधिकांश समय भूमिगत गुप्तचरको भूमिका निर्वाह गरेकी थिइन् । सन् २००२ मा उनलाई सीआईएले थाइल्याण्डस्थित \'ब्ल्याक साइट\' भनिने कडा केरकारका गोप्य कार्यक्रम चलाइने स्थान सम्हाल्न पठाएको थियो । अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनमा त्यहाँ कठोर यातनाहरू दिइएको निष्कर्ष निकालेको छ । एक जना अब्दल रहिम अल नासिरि नामक संदिग्धलाई क्रुर शैलीमा यातना दिइएको थियो जुन शैलीका यातनालाई राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा प्रतिबन्धित गरेका थिए । ह्यास्पेलले जिम्मेवारी सम्हालिसकेपछि केरकार गरिएका अल नासिरीलाई निदाउनबाट वञ्चित गर्ने, नाङ्गै राख्ने, कडा तापक्रममा बस्न विवश पार्ने, सानो बाकसमा थुन्ने र पटक पटक पर्खालमा ठोक्काउने गरिएको थियो । तीन वर्षपछि ह्यास्पेलले उनी र अर्का एक संदिग्धलाई यातना दिइएका दृश्य समावेश ९२ वटा भिडियो नष्ट गर्न आदेश दिएकी थिइन् । सन् २०१४ मा अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनका अनुसार वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएका आक्रमणपछि ११९ जना पुरूषलाई यातना दिइएको थियो । अधिकारवादी संघ संस्थाहरूले ह्यास्पेलले थाइल्याण्डपछि पनि यातना सम्बन्धी कार्यक्रममै थप जिम्मेवारी पाएको बताउने गरेका छन् तर त्यसपछि उनको भूमिका स्पष्ट छैन् किनभने सिआइएले उनकाबारेका जानकारीलाई गोप्य राखेको छ । राष्ट्रपति ट्रम्पले विगतमा अमेरिकाले आतंकवादी गतिविधिका संदिग्धहरूलाई पानीमा डुबाएर यातना दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies