Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

भारतीय मन्त्रीले किन गरे उत्तर कोरिया भ्रमण ?

हालै एक जना भारतीय मन्त्रीले दुई दशकपछि उत्तर कोरियाको भ्रमण गरेको भारतले बिहीवार बताएको छ ।

अघिल्लो चोटि सन् १९९८ मा भारतीय जनता पार्टीको गठबन्धन सरकारमा सूचना तथा प्रसारण मन्त्री रहेका मुख्तर अब्बास नाक्वीले एउटा चलचित्र उत्सवमा सहभागी हुन प्योङ्याङको भ्रमण गरेका थिए । यसपालिको भ्रमण निकै अर्थपूर्ण छ । भारतीय सेनाका पूर्वप्रमुख रहेका विदेश राज्यमन्त्री भीके सिंहले उत्तर कोरियामा वरिष्ठ मन्त्रीहरू एवम् अन्य अधिकारीहरूसँग भेटघाट गरे । अघिल्लो साता दुई दिन भएको भेटमा \"दुई देशबीच राजनीतिक, क्षेत्रीय, आर्थिक, शैक्षिक र सांस्कृतिक सहकार्य\" बारे छलफल भयो । यो दुर्लभ कूटनीतिक पहल दुई कोरियाबीच एक दशकभन्दा लामो समयपछि भएको पहिलो शिखरवार्तापश्चात् र अमेरिका तथा उत्तर कोरियाका नेताहरूबीच अर्को महिना हुनलागेको भेटअघि भएको छ । तर यदि अमेरिकाले पारमाणविक अस्त्र परित्याग गर्न दबाब दिइराखे उत्तर कोरियाले वार्ता नहुने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनबीच हुने भनिएको भेट अनिश्चित बनेको छ । के उत्तर कोरिया कूटनीतिक सङ्कटमा नफसोस् भनेर भारतले यही समयमा उसलाई पुन: वार्तामा संलग्न गराउन खोजेको हो ? कि भारतले आफ्नो साझेदार अमेरिकाका लागि पहल गरिदिएको हो ? धेरैले भारत र उत्तर कोरियाबीच गत ४५ वर्षदेखि कूटनीतिक सम्बन्ध भएको बिर्सिन्छन्। दिल्ली र प्योङ्याङमा साना दूतावासहरू छन् । दुई देशहरूबीच सांस्कृतिक आदानप्रदानको कार्यक्रम हुन्छ र उनीहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्न सहमतिहरूमा हस्ताक्षर गरेका छन् । उत्तर कोरियाली कूटनीतिज्ञहरू दिल्लीमा विदेशी कूटनीतिज्ञहरूका लागि तयार पारिएको पाठ्यक्रममा सहभागी भएका छन् । भारतले संयुक्त राष्ट्रसङ्घको एउटा कार्यक्रमअन्तर्गत प्योङ्याङमा खाद्यान्न आपूर्ति गरेको छ । अनि भारतमा सन् २००४ मा सुनामीको प्रकोप हुँदा उत्तर कोरियाले ३० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएर सदाशयता देखाएको थियो । भारतले २० वर्षपछि प्योङ्याङमा मन्त्री पठाएको भए पनि उत्तर कोरियाबाट वरिष्ठ अधिकारीहरूले भने वर्षौँदेखि भारतको भ्रमण गरिरहेका नै छन् । एप्रिल २०१५ मा उत्तर कोरियाका विदेश मन्त्रीले दिल्लीको भ्रमण गरे। उनले आफ्ना समकक्षीसँग मानवीय सहायता खोजे । त्यही वर्ष सेप्टेम्बरमा एक जना कनिष्ठ मन्त्री भारतीय सरकारको प्रतिनिधित्व गर्दै दिल्लीस्थित उत्तर कोरियाली दूतावासमा उत्तर कोरियाको स्वतन्त्रता दिवसमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भए । त्यहाँ भारतीय मन्त्री किरेन रिजिजूले \"दुई पक्षबीच थप व्यापार र वाणिज्यका आधारमा सम्बन्ध अघि बढ्ने\" बताएका थिए । सन् २०१३ मा चीन र दक्षिण कोरियापछि भारत सम्भवत: उत्तर कोरियाको तेस्रो ठूलो व्यापारिक साझेदार थियो । भारतले विशेषत: औद्योगिक रसायनहरू, कच्चा खनिज तेल र कृषिजन्य उत्पादनहरू निकासी गर्थ्यो भने ड्राइड फ्रूट र तारिएका फल, गुँद र हिङ आयात गर्थ्यो । द्विपक्षीय व्यापार सन् २०१४ मा २० करोड डलरको थियो । तर सन् २०१७ मा गरिएका क्षेप्यास्त्र परीक्षणहरूपछि संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाएपछि भारतले लगभग सबै व्यापार रोक्यो र अहिले त्यो झरेर झन्डै १३ करोड डलरमा आइपुगेको छ । दिल्लीस्थित इन्स्टिट्युट अफ डिफेन्स स्टडीज एन्ड अन्यालसिससँग सम्बध्द डा. प्रशान्त कुमार सिंह भन्छन्, \"उत्तर कोरियाले कूटनीतिक सम्बन्ध कायम राखेका थौरै देशमध्ये भारत एउटा देश हो । भारत उत्तर कोरियाका लागि संसार हेर्ने एउटा महत्त्वपूर्ण झ्याल हो । दुई देशबीच लामो, हल्का गाढा सम्बन्ध छ ।\" गत वर्ष अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङ्याङमा कूटनीतिक उपस्थिति घटाउन दिएको सुझावलाई भारतले अवज्ञा गर्‍यो । भारतकी विदेशमन्त्री सुष्मा स्वराजले टिलर्सनलाई खुलाएरै \"तपाईँका केही मित्रराष्ट्रका दूतावासहरू त्यहाँ रहनुपर्छ, त्यसो हुँदा सम्पर्कका लागि केही माध्यमहरू खुला रहन्छन्\" भनेकी थिइन् । उत्तर कोरियाली इतिहास र विचारधारमा पारमाणविक अस्त्र उसका लागि मुख्य रहने गरेका छ । दिल्लीका अनुसार प्योङ्याङले मन्त्री सिंहलाई \"कोरियाली प्राय:द्वीपमा भरखर विकसित घटनाक्रमबारे सङ्क्षेप\"मा बतायो र उनले कोरियाली शान्ति प्रक्रियाका लागि भारतको सहयोग पुन: प्रस्तुत गरे । उसोभए के सिंहको भ्रमणको सम्बन्ध किम र ट्रम्पबीच हुने भनिएको तर अहिले अनिश्चित भएको भेटसँग छ त ? डा. सिंह भन्छन्, \"अहिले हामी अनुमान मात्र गर्न सक्छौँ । ट्रम्प आफ्नो शिखरवार्ता बिथोल्न चाहँदैनन् । त्यो भेटको प्रत्याभूतिका लागि अमेरिकीहरूले भारतीय सहयोग खोजेको हुन पनि सक्छ ।\" \"भारत यहाँ सानो पात्र हो । तर यो क्षेत्रमा रहेको र समस्यामा संलग्न नभईकन उत्तर कोरियासँग राम्रो सम्बन्ध भएको एक मात्र ठूलो राष्ट्र हो ।\" अलग्गै बसेको \'पैतृक शासनसत्ता\' सँग वार्ता गर्दा सानै मित्रले ठूलो सहयोग प्रदान गर्न सक्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies