Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

आइपिएलको शीर्ष चारको लडाईमा कसले मार्ला बाजी ? यस्तो छ ५ खेलको लेखाजोखा

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष चार भित्र पर्ने टिममध्ये २ टिमको टुंगो लागेको छ । बाँकी २ टिमको टुंगो अन्तिम खेलपछि मात्र लाग्ने भएको छ । सहभागी ८ टिमले १४ खेल खेल्देछन् । अहिलेसम्म सबै टिमले १३ खेल पुरा गरिसकेका छन् । शीर्ष स्थानमा रहेका सनराइज हैदारावाद र चेन्नई सुपर किङ्स प्लेअफमा पुगिसकेका छन् । अब दिल्लीबाहेक बाँकी ५ टिमको प्लेअफ सम्भावना उत्तिकै छ । मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब क्रमशः चौथो पाँचौ, छैठौं र सातौ स्थानमा छन् । सबै टिमले १३-१३ खेल खेलिसकेका छन्। उनीहरूले समान ६ जितसहित १२-१२ अंक बटुलेका छन् । सबै टिमलाई १४ अंक बटुल्ने मौका छ । र अनततः राम्रो रन रेटका आधारमा अन्तिम चारमा प्रवेश गर्ने टोलीको छनोट हुनेछ । यसैबीच समान खेलबाट २ अंक बढी अर्थात १४ अंकसहित तेस्रो स्थानमा रहेको कोलकोता नाइट राइडर्सलाई सहज छ । यद्यपी उसले अन्तिम खेलमा शनिबार शीर्ष स्थानको सनराईज हैदारावादसँग पराजित भए उसको पनि १४ अंक नै रहन्छ । र तलका चार टिम जस्तै राम्रो रनरेटका आधारमा अन्तिम चारमा प्रवेश गर्नुपर्ने हुन्छ । तर उसले हैदारावादलाई हराए दोस्रो या तेस्रो हुँदै प्लेअफमा पुग्नेछ । विराट कोहलीको टिम बैंगलोरले बिहिबार सनराइजर्स हैदराबादलाई हराउँदै प्लेअफ सम्भावना जिवितै राखेको हो । पछिल्लो खेलमा बैंगलोरको ब्याटिङ र बलिङ राम्रो सुधारिएको छ । अघिल्लो खेलमा दैदारावादले दिएको १४६ रनको लक्ष्यसमेत भेट्टाउन नसकेको उसले बिहिबार २१८ रन बनाउँदै १४ रनले विजयी भयो । आईपीएलको यो सिजनमा अब ५ खेल बाँकी छन्। यी पाँच खेलबाट प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ । यसमध्ये आज हुने दिल्ली र चेन्नईको खेलले कुनै महत्व राख्दैन । दिल्लीले प्लेअफ मौका गुमाएको छ भने चेन्नई प्लेअफमा छनोट भइसकेको छ । आज चेन्नईले दिल्लीलाई हराए शीर्ष स्थानमा पुग्ने मौका पाउनेछ। यता दिल्लीले पनि चौथो जितको खोजिमा रहनेछ । यसको असली लडाई शनिबारबाट सुरू हुनेछ। जसमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्नेछन् । यसमा जुन टिम पराजित हुन्छ त्यो टिम प्लेअफबाट बाहिरिनेछ । यसका साथै शनिबारनै हुने अर्को खेलमा कोलकाताले हैदरावादको सामना गर्नेछ । उक्त खेलमा कोलकत्ताले जिते ऊ प्लेअफमा छानिनेछ हारेमा बाँकी खेल पर्खनुपर्ने हुन्छ । सोमबार दिल्ली र मुम्बईम आमने सामने हुनेछन् । यदि उक्त खेलमा मुम्बई दिल्लीसँग पराजित भए प्लेअफ दौडबाट बाहिरनिनेछ। जित्यो भने अरूको खेलमा भर पर्नेछ । अन्तिम खेलमा चेन्नई र पञ्जाब भिड्नेछन् । पञ्जावालाई पनि प्लेअफमा स्थान बनाउन कुनै हालतमा जित्नै पर्ने हुन्छ । यदि हार्‍यो भने उसले पनि प्लेअफको दौडबाट बाहिरिनुपर्नेछ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies