ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।
दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् । धुँवाको ठूलो मुस्लो देखिने बित्तिकै प्रत्यक्षदर्शीले दशकौँयताको खराब हवाई दुर्घटना भएको महसुस गरेका थिए । हवानाको होसे मार्टी विमानस्थलबाट उड्ने बित्तिकै बोइङ ७३७ मा समस्या देखिएको थियो र त्यो नजिकैको खेतमा जोतिएको थियो। उद्धार कार्यमा तत्कालै स्थानीयवासिन्दा र आपत्कालीन अधिकारीहरू परिचालित भएका थिए। विमानमा १०४ यात्रु र मेक्सिकोका पाँचजना चालक दलका सदस्य सवार थिए। उनीहरूमध्ये लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था पनि गम्भीर भएको बताइएको छ। मेक्सिकोको विमान एउटा कम्पनीबाट भाडामा लिएर क्युबाको सरकारी ध्वाजावाहकले उक्त विमान सञ्चालन गरिरहेको थियो। उक्त विमान देशको पूर्वमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो। क्युबाका राष्ट्रपति मिगेल डिआस कनेलले दुर्घटना भएको क्षेत्रको भ्रमण गरी समवेदना व्यक्त गरेका छन् र आपत्कालीन उद्धारमा खटिने मानिसहरूको प्रशंसा गरेका छन्। उनले भने, \"हामीले धैर्य गर्नुपर्छ। सुखद समाचार छैन किनभने एकदमै ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएको जस्तो देखिन्छ। सरकार र पार्टीको तर्फबाट म समवेदना प्रकट गर्छु।\" उक्त विमानले एउटा माध्यमिक विद्यालय र देशको राजधानीलाई विमानस्थलसँग जोड्ने सडक क्षेत्रबाट आफूलाई मुश्किलले अन्यत्र लगेको थियो। सन् १९८० को दशकयता भएको सबैभन्दा खराब हवाई दुर्घटनाका कारण दर्जनौँ क्युबाली परिवार शोकमा डुबेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: