Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

असन्तुष्टिका कारण एकता घोषणा कार्यक्रममा नगएका भीम रावल नेकपाबारे यसो भन्छन्

काठमाडाैं । तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भिम रावलले व्यक्तिगत रुपमा पूर्ण सन्तुष्ट हुन नसके पनि दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेकोमा खुशी भएको बताएका छन् । आफू सुरुदेखि नै एमाले र माओवादीबीच एकता हुनुपर्छ भन्ने पक्षमा रहेकाले पार्टी एकताले खुशी बनाएको उनले बताए । तर नेताहरुको व्यवस्थापन कसरी हुन्छ भन्नेमा आफू चिन्तित रहेको रावलले बताए । रावलले नेताहरुको व्यवस्थापन राष्ट्रहित हुने गरी गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । “पार्टीभित्र नेताहरुको व्यवस्थापन कसरी हुन्छ, निर्णय कसरी हुन्छ, त्यसमा मेरो छलफल हुन बाँकी छ” रावलले भने । आफ्नो असन्तुष्टी र दाबीका विषयमा पार्टीभित्र कुरा राख्ने उनले स्पष्ट पारे । आफ्नो भूमिकाका बारेमा रावलले कार्यकर्ताले मूल्याङ्कन गर्ने बताए । विगतमा पार्टीभित्रको विवाद मिलाउने काममा आफ्नो ठूलो भूमिका रहेको स्मरण गराउँदै उनले अहिले पनि सोहीअनुसार कार्यकर्ता र पार्टी पंक्तिले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । नौ सदस्यीय सचिवालयमा अहिले आफूलाई नराखिए पनि पछि राखिनेमा उनी आशावादी देखिए । “अहिले नौ सदस्यीय सचिवालय बनेको छ । यो नै अन्तिम सत्य त होइन होला ।” रावलले भने । धेरै विषयमा पार्टीभित्र छलफल हुन बाँकी रहेको भन्दै रावलले स्थायी समिति बैठकमा कुरा उठ्ने बताए । पार्टीभित्र आफ्नो असन्तुष्टी र विचार राख्ने रावलको भनाई छ । आफू सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ भनेर लामो समयदेखि माथिल्लो तहमा भएका मतभेदहरुलाई मिलाउँदै आएको व्यक्ति भएको दाबी गर्दै रावलले भने, “मैले राष्ट्रको स्वार्थको अधिनमा रहेर आफ्नो स्वार्थ राख्नुपर्छ भन्ने मान्यता राख्दै आएको छु । पार्टीलाई अगाडि बढाउँदा हामीले सामाजिक न्याय, समावेशिता लगायतका सम्पूर्ण कुरालाई ध्यानमा राख्नुपर्छ । यसलाई पार्टीको विधान र कार्यक्रमले अंगिकार गरेको छ । यससम्बन्धमा म छलफल गर्छु ।” उनले भने । नयाँ पार्टी नेकपाले तल्लो तहसम्मको संगठन निर्माणका लागि ठूलो चुनौतिको सामना गर्नुपर्ने रावलले औँल्याए । “केन्द्रमा घोषणा त गर्यौँ, तर पार्टीका तल्लो तहका कमिटि, जनवर्गीय संगठनमा अन्याय नहोस् । सक्रियता र भूमिकाका आधारमा सबैलाई न्याय गर्नुपर्छ ।” राष्ट्रिय स्वार्थका लागि दुई दल मिलेर एउटै पार्टी बनाएको रावलले दाबी गरे । रावल पार्टी एकता घोषणा कार्यक्रममा सहभागि थिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending