इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु प्रमुख मोक्तदा अल-सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार अल-सद्रको गठबन्धनले ५४ सीट जितेको छ। इरान समर्थक फतह गठबन्धनले ४७ सीटसहित दोस्रो स्थान पाएको छ। वर्तमान प्रधानमन्त्री हैदर अल-अबादीको दल ४२ सीटसहित तेस्रो स्थानमा खुम्चिएको छ। लामो समयदेखि अमेरिकाको विरोधीका रूपमा रहिआएका अल-शद्र आफैँ चुनावमा नउठेकाले प्रधानमन्त्री बन्न पाउने छैनन्। तर नयाँ सरकार गठनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। सन् २००३ को अमेरिकी नेतृत्वको अतिक्रमणपछि दुईवटा आन्दोलनको नेतृत्व गरेका अल-सद्र कट्टर राष्ट्रवादी हुन् र इरानका कडा आलोचक पनि हुन्। गत डिसेम्बरमा इराकले तथाकथित इस्लामिक स्टेट समूहमाथि जित हासिल गरेको घोषणा गरेपछि त्यहाँ चुनाव भएको हो। इराकी फौजलाई सघाउन करिब पाँच हजार अमेरिकी सेना अझै त्यहाँ खटिएका छन्। भ्रष्टाचारविरूद्ध लड्ने र सार्वजनिक सेवामा लगानी गर्ने प्रतिबद्धतासहित अल-सद्रको गठबन्धन चुनावी अभियानमा होमिएको थियो। जो कोही प्रधानमन्त्री हुने भए पनि आइएसविरूद्धको लडाइँपछिको पुनर्निर्माणलाई अगाडि बढाउनुपर्ने हुन्छ। सन् २०१४ मा उक्त समूहले इराकको ठूला हिस्सामा कब्जामा जमाएको थियो। गत फेब्रअरीमा भएको दातृ सम्मलेनमा अन्तर्राष्ट्रिय दाताहरूले ३० अर्ब डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। तर इराकी अधिकारीहरूले पुनर्निर्माणका लागि सय अर्ब डलर आवश्यक पर्ने अनुमान गरेका छन्। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: