Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

यसरी हराए त्रिपाल

काठमाडौं, बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागको मूलद्वारमा बुधबार अपराह्न एकाएक कर्मचारीहरूको ठेलमठेल बढ्यो । भित्रका केही कर्मचारीको निर्देशनमा प्रहरीले गेट बन्द गरे अनि परिचयपत्र र त्यसको फोटोकपी देखाउनेलाई मात्रै भित्र छिर्न दिए । आजको कान्तिपुर दैनिकमा खबर छ– ‘सहरी विकास मन्त्रालयले विभागमार्फत भूकम्प प्रभावित भनेर कर्मचारीलाई त्रिपाल बाँडेपछि एकाएक भीड बढेको हो’ विभागका एक कर्मचारीले भने ‘प्रभावितको कुनै मापदण्ड थिएन, परिपयपत्रको फोटोकपी बुझाउने जो(कोहीलाई त्रिपाल बाँडिएको छ ।’ त्रिपाल पाउनेको कुनै नामावली नराखेकाले एकै जनाले ३/४ वटासम्म लगेको एक कर्मचारीले जानकारी दिए । भूकम्प प्रभावितका लागि आएको त्रिपाल शक्ति र प्रभाव भएका जो(कोहीले लगिदिँदा वास्तविक पीडित मर्कामा परेका छन् । त्रिपालको असमान वितरणका कारण आवश्यक संख्यामा देशभित्र त्रिपाल भित्रिए पनि वास्तविक पीडितसम्म पुग्न सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्प प्रभावित जिल्लामा बुधबारसम्म कुल ४ लाख ८९ हजार त्रिपाल बाँडिएको छ । गृहमै ४ लाख १६ हजार भवन तथा घरमा भूकम्पले क्षति पुर्‍याएको तथ्यांक छ । मंगलबारको दोस्रो शक्तिशाली झड्काका कारण थप घर भत्किएकाले करिब ६ लाख परिवार घरबारविहीन भएको देखिन्छ । हरेक परिवारलाई एउटाका दरले बाँड्ने हो भने करिब ६ लाख त्रिपाल तत्काल आवश्यक देखिन्छ । मन्त्रालयले मात्रै करिब–करिब प्रभावित परिवारकै संख्याको हाराहारीमा त्रिपाल बाँडिरहेको छ । यी बाहेक विभिन्न कूटनीतिक तथा दातृ निकायहरू, रेडक्रस लगायतका अन्तर्राष्ट्रिय संस्था तथा अन्य गैरसरकारी संस्थाहरूले पनि त्रिपाल बाँडिरहेका छन्, जसको अभिलेख गृह मन्त्रालयसँग छैन । भन्सार विभागको तथ्यांकले पनि भूकम्पपछि देशभर माग भएको संख्यामा त्रिपाल आपूर्ति भएको पुष्टि गर्छ । भूकम्पपछि एक साताको अवधिमा ५ लाख त्रिपाल नेपाल भित्रिएको छ । त्यसमध्ये ३ लाख थान राहतका लागि आपूर्ति भएको थियो भने दुई लाख व्यावसायिक प्रयोगका लागि ल्याइएको थियो । विभिन्न संघसंस्थाले खरिद गरेर राहतमै प्रयोग गर्ने भएकाले व्यावसायिक प्रयोजनकै लागि खरिद भएको त्रिपाल पनि प्रभावित क्षेत्रमै वितरण भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE