Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

एकतापछि घुलमिलको चरणमा नेकपाका नेता–कार्यकर्ता

प्रकाश सिलवाल । काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भने, “सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन सक्छ ।”

दुई दिनअघि मात्र एकता भएकाले पहिलो बैठक सञ्चालनका क्रममा नेता गुरुङले पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई आशन ग्रहण गराएपछि अध्यक्ष प्रचण्डलाई मञ्चमा बोलाउँदा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष भन्न पुगेका थियो । नेता गुरुङ, तत्कालीन माओवादी केन्द्रको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक भएकाले पनि उनको जिब्रोमा प्रचण्डलाई माओवादीका अध्यक्ष भन्ने आएको हुनसक्छ । नेकपा (एमाले) र केन्द्रबीच यही जेठ ३ गते ऐतिहासिक एकता भई नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि आज पहिलोपटक संयुक्त संसदीय दलको बैठक थियो । एक सय ६५ सदस्यीय प्रतिनिधिसभामा नेकपामा १७४ सदस्य छन् । बैठकमा सहभागी सांसदमात्र होइन कतिपय पूर्व सांसद र कार्यकर्ता पनि बैठकस्थल संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नेताहरुसँग भेट्ने र बधाई दिने उद्देश्यले भेला भएका देखिन्थे । तत्कालीन एमालेका बाजुरामा पूर्व सांसद रत्नप्रसाद न्यौपानेले ढोकामा कुरेरै भए पनि बैठकमा छिर्दै गरेको अवस्थामा अध्यक्ष ओली र दाहाललाई हात मिलाएर बधाई दिन भ्याउनुभयो । “मैले दुवैलाई बधाई भन्न पाएँ । धन्यवाद भन्नुभयो । अब एकपटक भेटेर प्रदेश र जिल्ला तहको संगठनलाई समायोजन गर्ने प्रक्रियामा लाग्नेछु”, न्यौपानेले भने । एकताको केही समयसम्म दुवैतर्फका नेता कार्यकर्तामा घुलमिल र मातहतका कमिटीमा एकीकरणको प्रक्रिया चल्ने छ । आजको संसदीय दलको बैठकमा नेता कार्यकर्ताबीच एकापसमा बधाई साटासाट र राम्रोसँग परिचय नभएकाबीच परिचय आदानप्रदान भएको छ । सरकारको नीति कार्यक्रम र बजेट प्रस्तुतिको पूर्व सन्ध्यामा भएकाले संसद्का बैठकमा कसरी प्रभावकारीरुपमा प्रस्तुत हुने र एकताको सन्देशलाई देशव्यापी फैलाई विकास र समृद्धिमा कसरी केन्द्रित गर्ने भन्ने सम्बन्धमा अध्यक्ष ओली र दाहालबाट निर्देशन पाएपछि सांसदहरुमा उत्साह थपिएको देखिएको छ । अध्यक्ष ओली र दाहालले शुक्रबार धूम्रबाराही र पेरिसडाँडास्थितको कार्यालय अवलोकन र पदबहाली गर्दा पनि विगतमा दुई पार्टीमा रहेका नेता कार्यकर्ताको स्वागत पाउनुभएको थियो । दुवै कार्यालय र त्यहाँको भौतिक र अन्य वातावरणमा अध्यक्षहरु र सचिवालयमा रहेका नेताहरु घुलमिल हुन थालेपछि स्थायी कमिटी, केन्द्रीय कमिटी, सांसद र अन्य तहका नेता कार्यकर्तामा आपसी संवाद र सहजीकरण वृद्धि भएको मानिएको छ । संसदीय दलको बैठकपछि नेता गुरुङले रासससँग भन्नुभयो, “आज राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका पार्टीका सदस्यहरुको पहिलो संयुक्त बैठक बसी संसदीय दलमा एकताको प्रत्यक्ष सञ्चार भयो । अब शीर्ष नेताहरुले सल्लाह गरेर हामी उपनेता, प्रमुख सचेतक, सचेतकलगायतको जिम्मेवारी तोकेपछि प्रभावकारीरुपमा काम हुनेछ ।” उनले पार्टी एकताले समृद्धि र स्थिरताको जनताको चाहनामा उत्साह पैदा भएकाले सरकार र नेतृत्वले त्यस उत्साहलाई टिकाउने गरी काम गर्नुपर्ने बताए । पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद छविलाल विश्वकर्माले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भएको पार्टी एकताले देशव्यापीरुपमा नयाँ उत्साह पैदा भएको र चाँडै मातहतका कमिटीमा पुनर्गठन गर्नुपर्ने बताए । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक मान्ने नेकपाले समाजवाद उन्मुख जनताको जनवादलाई आफ्नो कार्यक्रम अंगिकार गर्दै शान्तिपूर्ण लोकतान्त्रिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गरी जनतालाई विकास, समृद्धि र सामाजिक न्याय दिलाई समाजवादको आधार खडा गर्ने लक्ष्य लिएको छ । पार्टीले तीन महिनाभित्र मातहतका कमिटी र जनसंगठनको एकता गर्ने र त्यसबारे चाँडै बस्ने केन्द्रीय कमिटीले निर्णय लिने तयारी गरेको छ । ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन र निर्वाचन आयोगबाट आधिकारिकता लिने प्रक्रियामा सो पार्टी छ । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy