Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

माओवादीबाट विभाजित पार्टी के गर्दै छन् ?

काठमाडौं । तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट छुट्टिएका नेताहरूले पाँचवटा पार्टी गठन गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ३ जेठमा एमालेसँग एकता गरी नेपाल कम्युनिस्ट पार्टी बने पनि अन्य पाँच पार्टी भने अस्तित्वमै छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ-अहिले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी अस्तित्वमा छन् । लोकेन्द्र विष्ट मगरले पार्टी गठन गरेका छैन, तर कुनै न कुनै तवरले राजनीतिमा सक्रिय छन् । अलमलमै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी असार, ०६९ मा गठन भएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीे ०७० को संविधानसभा निर्वाचन बहिष्कार ग-यो । त्यसपछि भने उसले आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाउन सकेन । यो समयमा पुनः वैद्य नेतृत्वको माओवादी र परी थापा नेतृत्वको नेकपा एकीकृतबीच ०७२ मा एकता भयो । तर, एकता भएको वर्ष दिन पुग्न नपाउँदै महासचिव रामबहादुर थापा ‘बादल’सहितको समूह ६ जेठ, ०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा मिसियो । क्रान्तिकारी माओवादीले स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत भाग लियो । तर, उसले १३ हजार मत मात्रै पायो । एमाले–माओवादी एकतालाई ‘दक्षिणपन्थी अवसरवादी गठन जोड’को संज्ञा दिँदै विज्ञप्ति निकालेको क्रान्तिकारी माओवादीले पनि एकताका लागि छलफल चलाइरहेको छ । विचार र कार्यदिशा मिल्ने कम्युनिस्ट पार्टीबीच कार्यगत एकता गर्दै अगाडि बढ्ने क्रान्तिकारी माओवादी नेता सिपी गजुलेलले बताए । ‘एमाले–माओवादीले एकतापछि आफूलाई कम्युनिस्ट भनेका छन, तिनीहरू कम्युनिस्ट नै होइन’ गजुरेलले भने, ‘युवालाई साथ लिई जनवादी क्रान्ति गर्छौं ।’ ‘क्रान्ति’को तयारीमा विप्लव नेतृत्वको नेकपा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट असन्तुष्ट हुँदै ८ मंसिर, ०७१ मा नेत्रविक्रम चन्द विप्लव अलग भए । उनीनिकट कार्यकर्ताको ११–१४ मंसिरसम्म चितवनमा भएको राष्ट्रिय भेलाले नेकपा माओवादी गठन ग-यो । १ फागुन, ०७३ मा रोल्पामा भएको सातौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । नेकपाले स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा निर्वाचन बहिष्कार ग-यो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई मुद्दा बनाई आन्दोलन अघि बढिरहेको नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीको भनाइ छ । संगठनलाई व्यवस्थित बनाउँदै भ्रष्टाचार र तस्करलाई समाजबाट बहिष्कार गर्ने तयारी भइरहेको उनले बताए । मुद्दा मिल्ने पार्टीसँग सहकार्य एकता गर्दै जाने पार्टीको नीति भएको लोहनीको भनाइ छ । महाधिवेशनको चटारोमा नयाँ शक्ति तत्कालीन एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई संवैधानिक समितिको सभापति हुँदा संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । संविधान घोषणालगत्तै ९ असोज, ०७२ मा भत्किएको घरमा नबस्ने भन्दै माओवादीबाट अलग भएको घोषणा गरे । उनले ३० जेठ, ०७३ मा नयाँ शक्ति नेपाल पार्टी गठन गरे । पार्टीको आधारभूत सिद्धान्त पाँच ‘स’ बनाए । नेता देवेन्द्र पौडेलसहितको समूहले गत २ भदौमा नयाँ शक्ति छोड्यो । नयाँ शक्तिले स्थानीय तह निर्वाचनमा भाग लिए पनि दुई सिट मात्रै जित्यो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि १७ असोज, ०७४ मा एमाले–माओवादीबीचको वामगठबन्धनमा भट्टराई पनि सहभागी भए । तर, गठबन्धनमा समस्या भएपछि कांग्रेससँग तालमेल गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी भए । प्रदेश प्रत्यक्षमा दुईसहित तीनसिट र प्रतिनिधिसभा निर्वाचनमा बाबुराम भट्टाईले मात्रै जित हासिल गरे । अहिले नयाँ शक्तिले प्रदेश र जिल्लास्तरको प्रशिक्षण चलाइरहेको नेता देवेन्द्र पराजुलीले बताए । ‘हामी प्रदेश जिल्लाको प्रशिक्षण सकिएपछि सदस्य नवीकरणमा लाग्नेछौँ’ उनले भने, ‘पार्टी पूरै पहिलो महाधिवेशनको तयारीमा लागेको छ ।’ नयाँ शक्तिले आगामी १०–१५ फागुनमा महाधिवेशन गर्दै छ । यस्तो थियो माओवादी विभाजन यात्रा मोहन वैद्य किरणले २–३ असार, ०६९ मा बौद्धमा भएको भेलाबाट नेकपा–माओवादी गठन गरे । अध्यक्ष प्रचण्डले क्रान्तिलाई धोका दिएको र जनवादी क्रान्तिका लागि भन्दै ४० प्रतिशतभन्दा बढी सदस्य लिएर पार्टी फुटाएका थिए । वैद्य प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर, ०७१ मा विप्लवले नेकपा माओवादी गठन गरे । वैद्य यथास्थितिवादी र जडसूत्रवादी भएको आरोप लगाउँदै राजधानीको राष्ट्रिय नाचघरबाट विप्लवले नयाँ पार्टी घोषणा गरेका थिए । त्यतिवेला वैद्यले विप्लवलाई केटाकेटीपना देखाएको आरोप लगाए । त्यस्तै, डा. बाबुराम भट्टराई संविधान निर्माणको काम सकिएको बताउँदै आर्थिक समृद्धिका लागि पुराना पार्टी केही गर्न नसक्ने निष्कर्ष निकालेर एकीकृत माओवादीबाट अलग भएँ । माओवादीबाट अलग भएलगत्तै ३० जेठ, ०७३ मा दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरे । यसपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले एमालेसँग एकता गर्ने भएपछि असन्तुष्टि जनाउँदै पूर्वमन्त्री गोपाल किराँती, विश्वभक्त दुलाल ‘आहुती’ र लोकेन्द्र विष्टमगरले पार्टी छोडे । आहुतिले २२ वैशाखमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी गठन गरेका छन् । तर, किराँतीले एमाले–माओवादीबीच एकता भएको दोस्रो दिन ४ जेठमा माओवादी केन्द्र पार्टी पुनर्गठन गरेका छन् । १ फागुन, ०५२ देखि सुरु भएको जनयुद्धमा सँगै रहेका उनीहरू माओवादी शान्ति प्रक्रियामा आएपछि ०६९ देखि अलग हुन थालेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending