Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

राजकुमार ह्यारीको नेपाल साइनोः नेपाली जनतालार्इ साथ दिन म जे गर्न सक्छु, त्यो गर्नेछु

काठमाडाैं । संयुक्त अधिराज्यका राजकुमार ह्यारीको विवाहबारे विश्वभरि नै व्यापक चर्चा भयो । उनी ब्रिटिश शाही परिवारका यस्ता सदस्य हुन् जसको नेपालसँग गहिरो सम्बन्ध रहेको जानकारहरू बताउँछन् ।

त्यो, नेपाल-ब्रिटेनको दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको बेला भएको उनको नेपाल यात्रामा होस् वा गोर्खा सैनिकप्रति उनले दर्शाएको सद्‌भावमा झल्कने धेरै ठान्छन् । \"\" महारानी एलिजाबेथपछि ब्रिटिश राजपरिवारका सदस्यहरूले पटकपटक नेपाल भ्रमण गरेका छन् । ह्यारीकी आमा डायना र पिता चार्ल्स पनि नेपाल आएका थिए । तर नेपाल गणतन्त्र भइसकेपछि यहाँ आउने उनी ब्रिटिश शाही परिवारका एक मात्र प्रमुख सदस्य हुन् । \"\" नेपाल-ब्रिटेन दौत्य सम्बन्धको द्विशतवार्षिकीको मौका पारेर दुई वर्षअघि नेपाल आएका राजकुमार ह्यारीले त्यतिबेला भूकम्पको पीडाबाट विस्तारै तङ्ग्रिँदै गरेको नेपाललाई आफ्नो सद्भाव देखाए । उनले भनेका थिए, \"जो भूकम्पमा मारिए उनीहरूप्रति म श्रद्धाञ्जली व्यक्त गर्छु । नेपाली जनताको सङ्कल्प र सहनशीलतामा साथ दिन म जे गर्न सक्छु, त्यो गर्नेछु ।\" भूकम्प प्रभावित स्थानहरूको भ्रमण पनि गरेका उनले परोपकारी कामका लागि भन्दै आफ्नो बसाइ लम्ब्याएनन् मात्रै, सानातिनो पुनर्निर्माणमा आफैँ खटिए पनि । विशेष गरी गोर्खा सैनिकप्रतिको लगाव उनका टिप्पणीहरूमा झल्किन्छ । अफगानिस्तानमा खटिँदा ब्रिटिश गोर्खासँग समय बिताएका ह्यारी उनीहरूको साहसबाट निकै प्रभावित भएको प्रतीत हुन्छ । त्यसैले गर्दा नेपालप्रति उनको लगाव झन् गाढा बनेको भनी अर्थ्याउनेहरू पनि पाइन्छन् । इतिहासविद् डक्टर रमेश ढुंगेल त्यो लगावलाई ब्रिटिश शाही परिवार र नेपालको ऐतिहासिक सम्बन्धको कसीमा राखेर हेर्न रुचाउँछन् । उनी भन्छन्, \"प्रकृतिप्रति उनीहरूको रुचि हो । सबैभन्दा बढी चाहिँ पहिलेदेखिनै ब्रिटिश गोर्खाप्रति उनीहरूको ममता छ । जङ्गबहादुर राणाको पालोदेखि नै नेपाल-ब्रिटेन सम्बन्धले औपचारिकता पाएको हो। त्यतिबेला ब्रिटिशहरूलाई नेपाल चाहिएको थियो र नेपालका शासकहरूलाई उनीहरू । त्यसैले स्वार्थ पनि मिल्न गयो ।\" मूलत: ब्रिटिश राजपरिवार अहिले आलाङ्कारिक भूमिकामा छ र विदेश नीतिमा उसको प्रत्यक्ष प्रभाव नदेखिएला । तर अहिले पनि ब्रिटिश राजपरिवारप्रति देशभित्र मात्रै होइन, बाहिर पनि सम्मान पाइन्छ र उक्त परिवारको कुनै न कुनै प्रकारको नेपाल साइनोलाई कम आँक्न नमिल्ने तर्क गर्नेहरू पनि प्रशस्तै छन् । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending