म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को उपदफा २ को क, ख र ग अनुसार १ नम्बर वडा गुर्जा, उपदफा ख अनुसार ५ नम्बर वडा मल्कवाङलाई विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ । भौगोलिक विकटता, दुर्गम, पृथक् भाषा, संस्कृति र जीवनशैली भएका अल्पसंख्यक छन्त्याल समुदायको सघन बसोबास रहेको आधारमा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि गत बिहीबार बसेको कार्यपालिका बैठकले प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले बताए । एक सय ९१ घरधुरी रहेको गुर्जा र ३०४ घरधुरी भएको मल्कवाङमा ९० प्रतिशतभन्दा बढी छन्त्याल समुदायको बसोबास रहेको छ । परम्परागत रूपमा खानी खन्ने पेशा अङ्गाल्दै आएका छन्त्याल समुदाय नेपालका अल्पसंख्यक जातिमा सूचीकृत छन् । नजिकको बस्ती लुलाङदेखि आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा र सडक सुविधा नपुगेको मल्कवाङ शिक्षा, स्वास्थ्य, सञ्चारलगायत विकासका पूर्वाधारको पहुँचदेखि टाढा छ । संवैधानिक व्यवस्थाअनुसार विशेष, स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गरेर बजेट, नीति तथा कार्यक्रममा प्राथमिकता दिएर विकासको पहुँच बढाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: