Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यसरी रोक्यो सरकारले बेलायती उद्दार टोलीलाई

काठमाडौं, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्धारको काम सकेर विदेशी टोली फर्किने बेलामा बेलायती उद्धार टोलीसहितको जहाज आउन खोजेपछि अनुमति नदिइएको स्पष्ट गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र ढिलो गरी बेलायती उद्धार टोली आउन खोजेकाले अनुमति नदिइएको पाण्डेले बताए। बेलायतले मे ७ र ८ मा उद्धार टोलीको जहाज अवतरणका लागि सरकारसँग अनुमति मागेको थियो। \'हाम्रो विमानस्थलको क्षमताभन्दा गह्रौं जहाज अवतरण गर्न दिन मिल्दैन\' मन्त्री पाण्डेले बिहीबार भने, \'उद्धारको काम सम्पन्न गरेर अन्य विदेशी टोली फर्किने बेला बेलायती टोली आउन खोजेको थियो। हामीले उद्धार टोली तत्काल आवश्यक छैन भनेका हौं।\' बेलायतसँग पुरानो कूटनीतिक सम्बन्ध रहेको जनाउँदै मन्त्री पाण्डेले भने, \'पुनस्र्थापना र पुनर्निर्माणमा बेलायतको सहयोगका लागि रातो कार्पेट ओछ्याउन तयार छौं।\' उद्धारका लागि नेपाल सरकारसँग नै हेलिकोप्टर पर्याप्त रहेको मन्त्री पाण्डेले बताए। \'मंगलबार भूकम्प आउनेबित्तिकै धेरै मुलुकले उद्धार टोली पठाउँछौं भनेका थिए\' उनले भने, \'उनीहरूलाई केहीबेर पर्खन भन्यौं। पछि हाम्रै स्रोतले धान्ने भएपछि उद्धारमा सहयोग मागेनौं।\' विभिन्न देशमा राहत संकलन भइरहेको र त्यसलाई सरकारी नियन्त्रणमा भित्र्याउने प्रयास भइरहेको पनि मन्त्री पाण्डेले बताए। \'विभिन्न देशमा हाम्रा मिसन छन्, त्यसमार्फत राहत ल्याउने व्यवस्था गरेका छौुं\' उनले भने। राहतका लागि हाल आएको स्वदेशी विदेशी सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरेको जानकारी दिँदै उनले भने, \'प्रधानमन्त्री कोषबाट गृह मन्त्रालय हुँदै जिल्ला(जिल्ला पुग्छ।\' पुनर्निर्माणका लागि सरकारले गठन गरेको दुई सय अर्बको कोषमा सहयोगका लागि विदेशी मुलुक र दातृ निकायलाई आह्वान गरिने उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: