Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कांग्रेसले मुख्यमन्त्री लालबाबुको राजीनामा माग्यो

वीरगन्ज । नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति समेत रहेका सर्राफले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको बेला राउतले देशको घरेलु विषय बिदेशीपाहुनाको अगाडि उठाएर मार्यादा बिपरित काम गरेको भन्दै राजीनामा माग गरेका हुन् । आइतबार विहान नेपाली कांग्रेस पर्साको वीरगन्ज श्रीपुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता सर्राफले मुख्यमन्त्री राउतको राजीनमा मागेका हुन् । ‘हाम्रा आपसी विषय छन्, संबिधान संसोधनको प्रस्ताव कांग्रेसले बिगतमा अघि सारेर मधेसका अधिकारको सवालमा अगाडि बढेकै छ, उनले भने, कुन विषय कहाँ राख्ने भन्ने जिम्मेवारी बोधनै मुख्य मन्त्रीमा नभएको देख्दा निकै दुःख लगेको छ ।’ आफ्नो नेताले गरेको गल्ती ढाकछोप गर्ने प्रवृति उनको पार्टी र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवमा पनि देखिएको उनको आरोप छ । मोदीको भ्रमणको दिन फरक किसिमको राष्ट्रिय झण्डा जानकी मन्दीरमा राखिएको विषय र खर्चमा अपारदर्शीता भएको भनी उठीरहेको विषयमा छानबिन हुनुपर्ने उनले धारणा राखे। उनले वीरगन्जबाट जितेर राउतले यहाँको विकासको मुद्दामा कुनै चासो नलिएको आरोप लगाए । भारतीय नेता किर्ती आजादले नेपालको जनकपुर भारतमा मिलाउने भनीदिएको अभिब्यक्तिप्रति पनि उनले आपति जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending