Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

स्थानीय तहअनुसार भत्तामा मनपरीे

डडेल्धुरा । स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो । असार महिना शुरु हुनुपूर्व एक महिना मात्रै बाँकी रहँदा विकासको चटारो बढेको र विकास निर्माणका कार्य सम्पन्न भएसँगै भइरहेका कार्य तथा सम्पन्न विकास निर्माण योजनाको अनुगमन गरेबापत दिनुपर्ने दैनिक भ्रमण भत्ताको दर पनि स्थानीय तहले आआफ्नै किसिमले तोकेका छन् । अजयमेरु गाउँपालिकाले अनुगमन बैठक भत्ताबापत दैनिक रु एकहजार ६००दिने गरेको अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो । अनुगमन प्रतिवेदन बुझाएपछि मात्र रकम भुक्तानी गरिने समेत उहाँले जानकारी दिए । भागेश्वर गाउँपालिकाले भने निर्माणाधीन योजना र निर्माण सम्पन्न योजनाको अनुगमन गरेबापत दैनिक रू एक हजार दिने गरेको जनाएको छ । तेह्र प्रतिशत कर कटाएर अनुगमन भत्ता दिने गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताए । आलिताल गाउँपालिकाले अनुगमनकर्ताले बास बस्नु पर्ने अवस्था आएमात्र खाना र बासका लागि रु ७०० अनुगमन भत्ता दिने गरेको अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । गन्यापधुरा गाउँपालिकाले पनि अनुगमनबापत रु ८५० दिने गरेको उक्त गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए । गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको र सोही अनुसार दैनिक दुईदेखि तीनवटा योजनाको अनुगमन गरिने जनाइएको छ ।

अमरगढी नगरपालिकाले अनुगमन बैठक भत्ताबापत रु एक हजार ५०० मा १५ प्रतिशत रकम कर काटी रु एक हजार २५० प्रदान गर्ने गरेको नगरपालिकाका प्र्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । पाँच लाखभन्दा तलका योजनाको वडाध्यक्षले नै अनुगमन गर्ने भएकाले त्यसमा रकम दिनु नपर्ने भएको छ तर पाँच लाखभन्दा माथिको योजना अनुगमन गरेमा बैठक भत्ता दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ । परशुराम नगरपालिकामा नगर भित्रका योजनाको अनुगमन गर्दा एक हजार ५०० का दरले अनुगमन भत्ता दिँदै आएको त्यहाँका प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए । परशुराम नगरपालिकाको प्रमुख भीमबहादुर साउदले भने कुनै पनि किसमको योजना अनुगमन बैठक भत्ता नलिएको जनाउनुभयो । भत्ताका लागि नभई विकास निर्माण र जनताको सेवा गर्नका लागि जनप्रतिनिधि भएको उनले बताए । कुनै कार्यक्रमबापत आएको रकम पनि नगर भित्रका गरीब, असहाय, ज्येष्ठ नागरिक तथा अपांगलाई सहयोग दिने गरेको प्रमुख साउदको भनाइ थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending