Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नेकपाको सम्पत्तिः एमालेको दैनिक अाम्दानी ४ लाख , माओवादीको १३ करोड ऋण, पेरिसडाँडाको जग्गा बैंकमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ । एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन । माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ । अाजको नागरिकमा खबर छ-दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसाबकिताब संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो । एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जायजेथा नेपाल कम्युनिस्ट पार्टीको हुने सहमति भएको थियो । तत्कालीन एमालेका संगठित सदस्यले पार्टीलाई अनिवार्य रुपमा दैनिक एक रुपैयाँ लेबी बुझाउँदै आएका थिए । ‘निर्वाचनअघि नियमित लेबी तिर्ने संगठित सदस्य तीन लाख ५५ हजारभन्दा बढी थिए, पछि धेरै थपिए,’ तत्कालीन एमाले प्रचार विभागका सचिव विष्णु रिजालले भने । यसरी संगठित सदस्यको लेबीबाट एमालेकोे दैनिक आम्दानी झन्डै चार लाख रुपैयाँ देखिएको हो । प्रधानमन्त्री र मन्त्रीले पार्टीको बैंक खातामा मासिक १५ हजार रुपैयाँ लेबी जम्मा गर्नुपर्ने एमाले नियम थियो । १४ जना मन्त्रीबाट एमालेको खातामा मासिक दुई लाख १० हजार रुपैयाँ जम्मा हुँदै आएको थियो । यस्तै प्रत्येक सांसदले मासिक १३ हजार रुपैयाँ लेबी बुझाउनुपथ्र्यो । प्रतिनिधिसभाका एक सय २१ र राष्ट्रियसभाका २७ गरी एक सय ४८ जना सांसदबाट एमालेको खातामा मासिक १९ लाख २४ हजार रुपैयाँ संकलन हुन्थ्यो । पार्टी कोटाबाट राजनीतिक नियुक्ति लिएका राजदूतलगायतले पनि अनिवार्य रुपमा लेबी बुझाउनुपर्ने नियम थियो । एमाले निकट कर्मचारी र शिक्षकले पनि पार्टीलाई लेबी तिर्दै आएका थिए । एमालेको बैंक खाता कालिमाटीस्थित कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा छ । तत्कालीन एमालेका नाममा काठमाडौं बल्खुमा चार रोपनीभन्दा बढी जग्गा, पुतलीसडकमा जिफन्ट कार्यालय भवन, च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन, रानीबारीमा पुष्पलाल प्रतिष्ठान भवन छन् । ६६ वटा जिल्लामा एमालेको आफ्नै कार्यालय भवन छ । यस्तै पार्टीको नाममा दुईवटा सवारीसाधन छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय मासिक दुई लाख रुपैयाँमा भाडामा लिएको हो । पार्टी कार्यालयमा १४ जना कर्मचारी छन् । ती कर्मचारीलाई प्रतिव्यक्ति मासिक तलबभत्ता २० हजार रुपैयाँ दिने गरिएको छ । तत्कालीन माओवादी केन्द्रको आम्दानीको मुख्य स्रोत मन्त्री र सांसदहरुले बुझाउने लेबी मात्रै थियो । मन्त्रीहरुले मासिक १८ हजार रुपैयाँ र सांसदले १२ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने माओवादी केन्द्रको नियम थियो। ‘मन्त्री र सांसदबाट आउने लेबी नै पार्टीको मुख्य आम्दानी थियो । त्यसबाहेक आम्दानीको अन्य स्रोत थिएन,’ तत्कालीन माओवादीका नेता हरिबोल गजुरेलले भने, ‘माओवादी केन्द्र ऋणमा डुबेको छ।’ गजुरेलले तत्कालीन माओवादीका नाममा कति ऋण छ भनेर खुलाउन चाहेनन् । माओवादीले सरकारमा रहेका आठ मन्त्रीबाट एक लाख ४४ हजार तथा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १२ गरी ६५ सांसदबाट मासिक सात लाख ८० हजार रुपैयाँ लेबी संकलन हुने गरेको थियो । सांसदले बुझाएको १० हजार रुपैयाँ पार्टी केन्द्रीय कार्यालयको खातामा र दुई हजार सहिद परिवारका लागि खोलिएको खातामा जम्मा गरिन्थ्यो । माओवादीको बैंक खाता एभरेस्ट बैंक र ग्लोबल आईएमईमा छ । माओवादीको पेरिसडाँडामा रहेको भवनबाहेक अन्यत्र भौतिक सम्पत्ति देखिएको छैन । त्यो भवन पनि पार्टी भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियनको नाममा छ । माओवादीले पेरिसडाँडाको जग्गा धितो राखेर करोडौं रुपैयाँ ऋण लिएको छ । त्यो जग्गा व्यक्तिका नाममा नामसारी गरेर ऋण लिइएको अखिल नेपाल ट्रड युनियनका अध्यक्ष गणेश रेग्मीले बताए । ‘त्यहाँ पार्टीको नाममा रहेको ५४ आना दुई पैसा दुई दाम जग्गा धितोमा राखेर ऋण लिइएको छ,’ उनले भने । विभिन्न बैंक र वित्तीय संस्थामा गरी पार्टीको नाममा १३ करोड ऋण रहेको रेग्मीले बताए । पेरिसडाँडाको उक्त जग्गा रेग्मीसहित बाबुराम गौतमको नाममा नामसरी गरी धितोमा राखेर पार्टीले ऋण लिएको हो । पार्टी र संगठनलाई बैंकले ऋण नदिने भएपछि व्यक्तिका नाममा जग्गा कायम गरेर ऋण लिएको रेग्मीले बताए । ललितपुरका एक व्यापारीसँग खरिद गरिएको उक्त भवन मर्मत गर्न विभिन्न व्यक्ति र बैंकबाट लिएको एक करोड ३५ लाख रुपैयाँ तिर्न बाँकी रहेको तत्कालीन माओवादीका एक नेताले बताए । माओवादीले युद्धकालमा कब्जामा लिएका र खरिद गरेका धेरै गाडी भने नेताका नाममा नामसारी भइसकेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत आठसहित १९ जनालाई नियमित तलबभत्ता पार्टी कोषबाट दिइँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending